Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावको कार्यतालिका सार्वजनिक: उम्मेदवारी दर्ता वैशाख १६ गते

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मुख्य/निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ । १७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्