Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनमा कुरो मिलेन: संसद बैठक स्थगित 

काठमाडौं, ११ फागुन । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन् ।  मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्