Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारका पदाधिकारीलाई बयानका लागि बोलाइने

काठमाडाैँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगद्वारा सञ्चालित परीक्षामा अनियमितता भएको सम्बन्धमा छानबिन अगाडि बढाउने निर्णय गरेको छ ।

अख्तियारका आयुक्तद्वय नवीनकुमार घिमिरे र राजनारायण पाठक र महाशाखाका अधिकारीसहित बिहीबार बसेको बैठकले सेवा आयोगले लिएका परीक्षाको विस्तृत र गहन छानबिन गर्ने निर्णय गरेको हो ।

ख्तियारले बुधबार कीर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा छापा मारी विभिन्न परीक्षासम्बन्धी सामग्री तथा उत्तरपुस्तिका नियन्त्रणमा लिएको थियो । अख्तियारले छानबिनका क्रममा आवश्यक परे त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायतका पदाधिकारीलाई समेत बोलाउन सकिने जनाएको छ ।

२२ विषयको परीक्षाका उत्तरपुस्तिका जफत

अख्तियार टोलीले विभिन्न २२ विषयमा भएको परीक्षाको उत्तरपुस्तिकालगायतका सबै फाइल जफत गरी छानबिन थालेको छ । जफत गरिएका उत्तरपुस्तिकामा ग्रामीण विकास, कानुन, गणित, स्वास्थ्य तथा शारीरिक शिक्षालगायतका छन् ।

अख्तियारका प्रवक्ता सहसचिव जीवराज कोइरालाले त्रिवि सेवा आयोगबाट लिइएको उपप्राध्यापकका परीक्षासम्बन्धी विभिन्न फाइलको गम्भीरतापूर्वक छानबिन थालिएको जानकारी दिए ।

आयोगले अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धानलाई अघि बढाएको छ । एक महिनाभित्रै सबै अनुसन्धान टुंगोमा पु¥याउने गरी अघि बढ्ने निर्णय भएको ती अनुसन्धान अधिकृतले जानकारी दिए ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्