Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलको मार्मिक गीतमा दिलिप र अनिता – भिडियो सहित

काठमाडौं । एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको नया“ गीत ‘चिताक बिछ्यौना…’ मा उक्त दुःखदघटनालाई चित्रण गरिएको छ । सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शितल कार्कीकी भतिजी हुन् ।

विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ ।

भिडियोलाई निर्देशक सुरेश थापाले निर्देश्ँन गरेका हुन् । गायक कार्कीकै संगीत निर्देश्ँनको उक्त गीतका शब्दहरु कुमार अजनबीले रचना गरेका हुन् ।

अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन् ।

यो गीत गायक कार्कीको एल्बम ‘ओस्कार’ मा समावेश गरिएको छ । बुद्ध थापाद्वारा छायांकन गरिएको यो भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

यूट्युबमा यो भिडियो सङ्स नेपाल च्यानलबाट अपलोड गरिएको छ ।

यस्तो छ भिडियो :

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्