Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचानकको ‘आधा घण्टै मन्त्रीपरिषद’ ले गर्यो मात्र एउटा निर्णय

काठमाडौं , माघ २७ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको अचानकको आधा घण्टै मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ । एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको म्याद माघ २८ गते सकिँदै थियो । आजै नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति गर्ने समाचार आएपनि नेपाली कांग्रेस र नेकपा माओबादीबिच सहमति नभएका कारण रोकिएको छ ।

अब अर्को मन्त्रीपरिषदको बैठकबाट प्रहरी महानिरिक्षक नियुत्ति गरिने भएको छ ।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्