Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले राजीनामा मागेपछि प्रचण्ड गम्भिर संकटमा !

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंभिर संकटमा फसेका छन् । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेपछि प्रचण्ड गम्भिर संकटमा परेका हुन ।

उच्च स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली विच गोप्य वार्ता भएको छ । वार्तामा प्रचण्डको राजीनामा माग्ने समझदारी बनेको बताइएको छ ।

त्यस्तै नेता कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला र मिनेन्द्र रिजालले मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग नयाँ सरकारका बिषयमा एमालेका उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेलबीच गोप्य संवाद गरेको उच्च स्रोतको दावी छ ।

काठमाडौंको शंखमुलमा कांग्रेस र एमालेका नेताबीच झण्डै दुई घण्टा लामो संवाद भएको स्रोतले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन घोषणा नगरी लामो समय सरकारमा बस्न खोजेको भन्दै कांग्रेस नेताहरुले विकल्प खोज्न थालेको बताइएको छ ।

त्यस्तै,प्रचण्डले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा प्रमुखहरु समयमै नियुक्त गर्न नसकेको कांग्रेसको ठहर छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एमाले सहित सरकार बनाउने र त्यही सरकारले निर्वाचन गराउने प्रस्ताव कांग्रेस नेताहरुले गोप्य बैठकमा राखेको उच्च स्रोत बताउँछ ।

एमालेका नेताहरुले भने सरकार परिर्वन गर्ने बिषयमा पार्टीमा छलफल नभएको जवाफ दिएका थिए । ‘तपाईहरुको प्रस्ताव आयो अब हामी पार्टीमा छलफल गर्छाै, त्यसपछि बसेर कुरा गरौला’ बैठकमा एमाले उपाध्यक्ष गौतमले भने ।

तर गौतम भने आफु प्रधानमन्त्री बन्ने दाउमा रहेको स्रोतको दावी छ । कांग्रेसले प्रधानमन्त्री एमालेलाई दिएपछि मात्र नयाँ सरकार गठनका बिषयमा एमाले तयार हुने संकेत बैठकमा गरेका थिए । कांग्रेस र एमाले नेताहरुबीच शंखमुलमा भएको छलफल बुधबार बालुवाटार पुगेको थियो ।

दुई दलका प्रभावशाली नेताबीच सरकार परिवर्तन गर्ने बिषयमा छलफल भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । त्यसलगतै प्रधानमन्त्री निर्वाचन तत्काल घोषणा हुने जानकारी आफु निकटका मिडिया हाउसलाई दिएका थिए । तर कांग्रेस भने प्रधानमन्त्रीले भनेअनुसारको काम नगरेको भन्दै रुष्ट छ ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्