Logo
१५ बैशाख २०८१, शनिबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपूर्ति मन्त्री दिपक बोहोराको यो ‘पारा’ बुझिनसक्दो

काठमाडौं, २३ माघ । दिपक बोहोरा नाम यस्तो नाम हो, जसले पंचायतकालदेखि गणतन्त्र आउँदासम्म आफ्नो राजनीतिलाई मागिखाने भाडोँ बनाए ।

फलस्वरुप, बेलाबेलामा हुने सरकार परिवर्तनमा हरेक पटक मन्त्रीको सुचीमा अटाउछन् । सरकारमा रहँदा कमाउधन्दा र बार्गिङमा लाग्ने बोहोरा अकुत सम्पती रहेको छ ।

उनले सरकारमा रहँदा बुझाउने गरेका विवरण पनि अन्यको भन्दा अकुतनै हुने गरेको छ । पछिल्लो समय उनको सम्पत्ती हेर्दा कतैबाट अहिलेसम्म प्रमाणित हुन बाँकी रहे पनि पूर्वपञ्चसमेत रहेका मन्त्री बाहोरा आर्थिक मामिलामा स्वच्छ छविका नेता मानिँदैनन् ।

घुस र कमिसनमा उनको नाम निकै अग्रपङ्तीमा आउने गर्छ जनमानसमा । यसैसन्दर्भमा हामीले यहाँ मन्त्री बोहोराको ५ वर्षयताको सम्पत्तिमाथि सामान्य विश्लेषण गर्दा उनको कमाइ अप्रत्याशित देखिएको छ ।

मुलुकमा स्रोत नखुलेको सम्पत्तिबारे छानविन गर्ने सम्पत्ति शुद्धीकरण आयोग पनि नभएको होइन । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरु पनि छन् । तर, प्रभावशाली व्यक्तिहरुले पञ्चायतकाल, ०४६ सालपछिको बहुदल काल र ०६३ पछिको गणतान्त्रिक कालमा पनि निरन्तर भ्रष्टाचारबाट अकूत आर्जन गरिरहेका छन् ।

त्यस्ता व्यक्तिहरुमाथि अहिलेसम्म न त कुनै छानविन हुने गरेको छ, न कुनै कारवाही नै । मन्त्री दीपक बोहरासँग ०६६/६७ सालमा काठमाडौ महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा २ वटा साढे दुईतले घर थिए । यो तथ्य उनले त्यसबेला माधव नेपाल सरकारको वनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यतिबेला मन्त्री बोहोराको आफ्नै नाममा दुई रोपनी जमीन थियो । सोही जमीनमा सँगै दुई तले घर पनि बताइन्छ । यस्तै सोही स्थानमा श्रीमती उन्नति बोहराका नाममा १५ आनामा अर्को दुई तले घर रहेको बोहोराले त्यसबेला सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

त्यसबेला मन्त्री बोहोराले बालुवाटारमै श्रीमती उन्नतिका नाममा अर्को ८ आना जमीन रहेको बताएका थिए । अहिले मन्त्री बोहोरासँग बालुवाटारमा तीनवटा घर छन् । तीमध्ये दुईवटा घर उनको आफ्नै नाममा छन् भने एउटा घर श्रीमतीका नाममा छ ।

मन्त्री बोहोराले आफ्नो सम्पत्ति विक्रीबाट उक्त घरहरु खरिद गरेको भनी सम्पत्ति विवरण भरेका छन् । यद्यपि उनले ०६७ सालमा ती दुईवटा घरहरु ‘पैतृक सम्पत्ति’ भएको उल्लेख गरेका थिए । यस्तैमन्त्री दीपक बोहराका नाममा ०६७ सालसम्म ललितपुरको लुभुमा ४ रोपनी ३ आना जमिन थियो ।

यो उनले मन्त्री भएकै बर्ष ०६६ सालमा खरिद गरेका थिए । यस्तै बोहरा र चन्द्र प्रकाश श्रेष्ठको संयुक्त नाममा त्यसबत्रेलासम्म रुपन्देहीमा ४ विघा १५ कट्ठा जमीन थियो । बोहोराले ०६६ सालमा भरेको विवरणमा लुभु गाविस वडा नम्बर ६ मा आफ्नो नाममा ६ रोपनी ७ आना थप जमिन रहेको देखाएका थिए । तर, ०६७ सालमा भरेको सम्पत्ति विवरणमा भने त्यो सम्पत्ति लुकाएका छन् ।

उनले एक बर्षपछि भरेको विवरणमा लुभुको ६ रोपनी ७ आना जमिन लुकाएका छन् । त्यस्तै केपी ओली नेतृत्वको सरकारमा ०७२ सालमा मन्त्री बनेका बोहरासँग काठमाडौ भद्रकालीमा २ सय ८७ वर्ग मिटर जमिन देखिएको छ । यस्तै काठमाडौंको गोठाटारमा २ सय वर्ग मिटरको अर्को घडेरी छ ।

यसलाई उनले २९ लाखमा खरिद गरेको उल्लेख गरेका छन् । ललितपुरको लुभुमा ३ आनाको घडेरी थपिएको छ । त्यस्तै बोहोराले काभ्रेको पाँचखालमा ९ रोपनी जमिन रहेको देखाएका छन् । बोहोरा जब–जब मन्त्री बन्छन, उनको जग्गाजमीन थपिने गरेको छ ।

बोहरासँग अहिले काभ्रेपलाञ्चोकस्थित पाँचखालमा ३ रोपनी १२ आना जमीन छ । उनले यो जमीन ३ लाख ६५ हजारमा खरिद गरेको स्रोत बताउछ । बोहोरासँग अहिले काठमाडौंको खड्का भद्रकालीमा २८७ वर्गमिटरमा फैलिएको घडेरी थपिएको छ ।

आफ्नो सम्पत्ति विक्री गरेर १७ लाख १६ हजारमा यो जमीन खरिद गरेको स्रोत बताउछ । यस्तै बोहोराले काभ्रेको पाँचखालमै थप ५ रोपनी १० आना जमीन छ ।

उनले यो जमिन २९ लाखमा खरिद गरेको स्रोत बताउछ । काठमाडौं गोठाटारमा २०० वर्ग मिटरमा फैलिएको घडेरी पनि २९ लाखमा खरिद गरेको स्रोतको भनाई छ । मन्त्री बोहरासँग १ सय २० तोला सुन छ । यस्तै तीन सेट हिराको गहना छ । उनीसँग अहिले हातमै १५ लाख नगद छ । योमध्ये उनीसँग १० लाख र श्रीमतीसँग ५ लाख रहेको उनको सम्पत्ति विवरणमा उल्लेख समेत गरेका थिए छ ।

यस्तै, मन्त्री बोहरासँग ०६७ सालसम्म बैंक अफ काठमाडौमा ३० लाख बैंक ब्यालेन्स थियो । ०७२ सालसम्म उनीसँग उक्त बैंकका विभिन्न ६ वटा खातामा गरी करिब १३ लाख थियो । केपी ओली सरकारमा श्रम मन्त्री रहेका बोहरा त्यसलगत्तै गठन भएको प्रचण्ड सरकारमा आपूर्ति मन्त्री बने ।

अहिले उनीसँग बैंक अफ काठमाडौमा १ करोड ४० लाख रुपैया बैंक ब्यालेन्स रहेको छ । उनीसँग अहिले बैंक अफ काठमाडौमा ५ वटा खाता छन् । विभिन्न बैंकमा गरेर अहिले बोहरासँग करिब १ करोड ५० लाख रुपैँया बैंक ब्यालेन्स रहेको देखिन्छ । र, उनीसँग थप १९ हजार अमेरिकी डलर पनि छ । बोहोरासँग ०६७ सालमा कुमारी बैंकको खातामा ८० लाख रुपैँया थियो ।

उनले ०७२ सालमा १३ लाखमात्रै बैंक ब्यालेन्स देखाए । यसपटक पेश भएको सम्पत्ति विवरणमा भने उक्त बैंक खाताको विवरण देखाएका छैनन् । यसअघि बोहोरासँग क्लिन इनर्जी बैंकमा १० लाख र बैंक अफ काठमाडौमा जम्मा ३० लाख बैंक ब्यालेन्स थियो । त्यस्तै, तत्कालीन वन मन्त्री बोहरासँग ०६७ सालमा विभिन्न बैंक र कम्पनीमा ५ लाख ४५ हजार कित्ता शेयर रहेको देखिन्छ ।

०६७ सालपछि एकैपटक ०७२ सालमा उनी मन्त्री भए । उनीसँग ०७२ सालमा ५ लाख ९५ हजार कित्ता शेयर पुगेको थियो । अहिले आपूर्ति मन्त्री बोहरासँग ६ लाख ३ हजार ३ सय ६५ कित्ता शेयर देखिएको छ । पछिल्लो समय मन्त्री बनेपछि कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने उनले बताएपनि उनी फेरी कमाउधन्दामा तल्लिन छन् ।

बोहोराले सस्तो लोकप्रियताका लागि गत भदौ १९ मा निकै तामझामका साथ सुन्दरीघाटस्थित बागमती किनारमा तीन करोडभन्दा बढी मूल्य बराबरका अखाद्य दैनिक उपभोग्य वस्तु खाल्डो परेर नष्ट गरेका थिए । त्यस क्रममा उनले जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु बिक्री गर्ने व्यापारिक प्रतिष्ठान र उद्योगीलाई कारबाही गर्ने बताएका थिए ।

मन्त्री बोहोराको भनाइलाई आधार मान्ने हो भने माघको तेस्रो सातासम्म उतिबेला छापामारीमा परेका कम्तीमा तीन चौथाई प्रतिष्ठान र उद्योगमाथि जनताले थाहा पाउने गरी कारबाही हुनुपर्ने हो । तर, साढे पाँच महिना बितिसक्दा पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने गरी गुणस्तरहीन अखाद्य वस्तु उत्पादन तथा बिक्रीगर्ने कुनै पनि दोषिमाथि कारबाही थालिएको छैन ।

विभिन्न मुलुकबाट आयात गरी ठूला डिस्ट्रिब्युटरमार्फत बिक्री भइरहेको अवस्थामा अखाद्य सामग्री नियन्त्रणमा लिइएको थियो ।

हालसम्म कालोबजारी गर्नेलाई केही कारबाही भएको छैन् । मन्त्री बोहोराले बार्गिनिङ गरेर सबै मिलाएको समाचार स्रोत बताउछ ।

पछिल्लो समय मन्त्री बोहोराको सम्पत्ती पनि अकुतले बढेकाले छानविन गर्न जरुरी रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्