Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी मोर्चाले दियो प्रचण्ड सरकारलाई अल्टिमेटम

काठमाडौं ।  मधेशी मोर्चाले दियो प्रचण्ड सरकारलाई अल्टिमेटम दिएको छ । संविधान संसोधनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भिर नबनेको भन्दै मधेशी मोर्चा रुष्ट बनेको छ।

संविधान संशोधनका विषयमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै आएका मधेशी मोर्चाका नेताहरु पछिल्लो समय सरकारलाई अल्टिमेटम दिने विषयमा आधिकारिक धारणा तय गर्न विभिन्न छलफल तथा बैठकमा जुटेका छन्।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको कार्यालय बिजुलीबजारमा भएको  बैठकमा स्थानीय तह पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको छ ।

त्यसैगरि आज बसेको बैठकले आगामी माघ २३ गते तराईका जिल्लाहरुको सदरमुकाममा आयोगले बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनले भने, ‘यो प्रतिवेदन अपुरो र अधुरो छ । यो हामीलाई मान्य छैन । त्यही भएर यसको विरोध स्वरुप हामीले उक्त प्रतिवदेन जलाउने निर्णय गरेका हौँ ।’

बैठकले यसबीच पनि सहमतिको प्रयासलाई भने जारी राख्ने बताउँदै छलफल र वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ। आजको बैठकमा सरकारले गरिरहेको निर्वाचन घोषणाको तयारी, संशोधन विधेयकलगायत विषयमा छलफल भएको थियो ।

सरकारले निर्वाचन घोषणा गरे कसरी अघि बढ्ने र कस्तो रणनीति अख्तियार गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी नेताहरुले बताए ।

उनका अनुसार नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरु संविधान संसोधन भन्दापनि निर्वाचनमा बढी केन्द्रीत भएकोले भन्दै मोर्चाले संसोधनका लागि अल्टिमेटम दिन लागेको हो।

मोर्चाले सरकारसँग भएको तीन बुँदे सहमतिका विषयमा स्वेतत्रप जारी गरेर फागुनबाट आन्दोलन गर्ने समेत जनाएको छ। आफूहरुको सहमति विपरीत स्थानीय निकाय पुनसंरचना आयोगले प्रतिवदेन दिएकाले मोर्चाका माग सम्बोधन गर्न समेत स्थानीय तहमा दवाव दिने मोर्चाका नेताहरुले बताउँदै आएका छन् ।

उनीहरुले कुनैपनि हालतमा अहिलेको नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन हुनै नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: Jan 29, 2017

प्रतिक्रिया दिनुहोस्