Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलको टावर फोर्ने देखि सेवा बहिष्कार गर्नेहरु कता हराए ?

काठमाडौं, १३ माघ । एनसेलको लूटमाथी आवाज उठाउने विप्लव देखि बाबुरामहरु थाकेका छन् । गत वर्ष एनसेलको मुख्य सेयरहोल्डर रेनोल्ड होल्डिङमा रहेको टेलिया कम्पनीको सेयर आजियटाले खरिद गरेपछि उत्पन्न कर विवादमा देशभर राष्ट्रभक्ती स्वर निकालेर कुर्रलनेहरु पछिल्लो समय थाकेका हुन ।

अझैपनि एनसेलले आफ्नो सेयर बिक्रीबापत करिब ३३ अर्ब पुँजीगत लाभकर तिर्नुपर्ने सरकारलाई अझै तिरेको छैन । एनसेलले हालसम्म टेलियाका तर्फबाट भन्दै करिब १० अर्ब राजस्व दाखिला गरेको छ । तर पुरा नतिरेको बेला आवज उठाउनेहरु कम देखिएका छन् । कर असुल गर्न संसदीय समितिहरूले निर्देशन दिए पनि त्यसको पूर्ण पालना पनि भएको छैन् ।

यसरी राज्यले पाउनुपर्ने रकम गुम्न लाग्दा हिजका दिनमा कुर्लर्नेहरु आज मौन बस्नुलाई कतिपय जानकारहरुले खोक्रो राष्ट्रबादका रुपमा लिन्छन् । एनसेलले कर नतिरेको सन्दर्भमा महंगो शुल्क तर गुणस्तरहिन सेवा दिएर दिनदाहाडौं जनता लुट्ने र तिर्नै पर्ने कर नतिरेको भन्दै यसअघि विप्लव माओवादीले एनसेलका दर्जनौं टावारमा हमाला गरेको थियो ।

भने बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पनि एनसेलले कर नतिरे एनसेलका सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । अझै पनि एनसेलले ३३ अर्ब बु्झाउन बाकीँ रहँदा के किन अहिले चुप छन् विप्लव,बाबुरामहरु ? यसविषयमा विप्लव माओवादी उच्च तहका नेताहरुसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

भने माओवादीका जिल्ला सेक्रेटरी राजु कार्कीले पार्टीको आन्तरिक कारणले एनसेललाई कर तिराउनुपर्ने पक्षको आन्दोलन केही समय रोकिएको स्वीकारे । उनले आफ्नो पार्टी एनसेलले कर नतिरेसम्म जोडतोडले लाग्ने बताए कार्कीले भने,‘पार्टीको महाधिवेशन पनि नजिकिएको छ, यसैले अभियान रोकिएको हो, यसमा हार्मी सशक्तका साथै लाग्छौं ।’

उता यस विषयमा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलले एनसेलले हालसम्म कर नतिर्नू गैर जिम्मेवारीपन भएको बताए । उनले आफूहरुले राख्दै आएको एनसेलले कर तिर्नुपर्ने विषय ओझेलमा नपरेको बताउँदै पार्टी तबरबाट दबाब दिइरहेको बताए ।

उता नेपाली कांग्रेसका संसद एवं लेखा समिति सदस्य रामहरी खतिबडाले संसदको लेखा समितिमा एनसेललाई कर तिराउनु विषयमा जोड तोडले उठाउँदै आएका छन् । तर उनीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

त्यस्तै, हालैको संसदिय समितिको बैठकमा कांग्रेस संसद एवं पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले एनसेललाई कर तिराउन नहुने जस्ता कुरा गर्दा समितिमै हंगामा मच्चिएको थियो । यसरी एनसेलले खुलेरै राजस्व छाल्दा नेतादेखि कर्मचारीतन्त्रनै मुखदर्शक बस्नुलाई कतिपयले अराजकताको पराकाष्ठको संज्ञा दिन्छन् ।

म्याक्स मिडिया अनुसन्धानको घेरामा

यसैविच, एनसेलका विज्ञापनको खेती गदैं आएको म्याक्स मिडियालाई सरकारले अनुसन्धानको घेरामा तानेको छ । एनसेलको साँठगाँठमा ठूलो मात्रमा विज्ञापन पाइरहेको, एजेन्टका रुपमा रहेको म्याक्स मिडिया विज्ञापन एजेन्सीलाई कर दुरुपयोगको सुचनाका आधारमा आन्तरीक राजस्व कार्यलयले अनुसन्धानको घेरामा पारेको उच्च स्रोतको दावी छ ।

प्रकाशित मिति: Jan 26, 2017

प्रतिक्रिया दिनुहोस्