Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुखको ‘रइस’ प्रचारका क्रममा लाठीचार्ज, एकको मृत्यु

मुम्बई, शाहरुख खानलाई हेर्नका लागि जम्मा भएको भीडमा परी एक व्यक्तिको निसासिएर ज्यान गएको छ । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘रइस’को प्रचारका लागि मुम्बईदेखि दिल्ली रेलबाट गइरहेका थिए । सबै खुसी थिए तर यो खुसी केही घण्टामा नै दुःखमा बदलियो ।

शाहरुखलाई हेर्न वडोदरा स्टेसन पुगेका पूर्व काउन्सिलर फरिद खानको मृत्यु भएको हो । उनी मुटुको रोगी समेत भएको बताइएको छ ।मुम्बईबाट शाहरुख आफ्नो टिमका साथ अगस्ट क्रान्ति एक्सप्रेसबाट दिल्लीका लागि प्रस्थान गरेका थिए । उनको समूहसँगै धेरै सञ्चारकर्मीहरू पनि थिए । सोसल मिडियाबाट खबर फैलिनेबित्तिकै प्रत्येक स्टेशनमा शाहरुखका हजारौँ फ्यान उनलाई हेर्न पुगिरहेका थिए ।

रेलको ढोकामा आएर शाहरुख पनि आफ्ना फ्यानलाई अभिवादन गरिरहेका थिए । यसैबीच जब अबेर राति वडोदरा स्टेशनमा रेल पुग्यो, तब मान्छेको भीड झन् बढ्यो । झण्डै डेढ लाख मान्छे वडोदरा स्टेशनमा शाहरुखलाई हेर्न पुगेका थिए । वडोदरा रेलवे स्टेशनमा शाहरुख खानको एक झलक हेर्न पुगेका पूर्व काउन्सिलर फरिद खान पनि त्यहीँ थिए, जसका आफन्त पत्रकार पनि त्यहाँ थिए । रेल छुटेपछि भीडमा भएको घचेडाघचेडबाट फरिद खानको ज्यान गयो ।

शाहरुख खानले यो मृत्यु दुखद् भएको भन्दै शोक व्यक्त गरेका छन् । उनले मृत्युबाट अफशोच भएको समेत बताए । मृतक मुटुका बिरामी थिए । रेल छुटेपछि भीडमा निसासिएर उनको मृत्यु भएको हो । शाहरुखले मुम्बईबाट खुसी साथ हिँडेको र रेलमा मजा लिइरहेको बेला यस्तो दुर्घटनाले अत्यन्तै दुखित भएको बताएका छन् ।

वडोदरा स्टेशनमा भीडलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठी चलाउन परेको थियो । भीडमा कैयौँ व्यक्तिलाई चोटसमेत लागेको छ । दुई प्रहरीलाई समेत भीडमा चोट लागेको बताइएको छ ।  ABP News

प्रकाशित मिति: Jan 24, 2017

प्रतिक्रिया दिनुहोस्