Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेलाई ठिक पार्न माओवादी केन्द्र र मधेसीको मोर्चा !

काठमाडौं । अमेरिकामा ट्रम्पइजमले जसरी चुनाव जित्यो, त्यो हावाले नेपालमा चुनावी परिणाम ल्याउने निश्चित देखेपछि नयाँशक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको पहलमा नयाँशक्ति,माओवादी केन्द्र र मधेसी मोर्चाका सदस्य दलहरु मिलेर चुनावी मोर्चा बनाउने तयारी भित्रभित्रै अन्तिम चरणमा पुगेको खबर छ ।

डा.बाबुराम भट्टराईले नेपालमा ओलिइजमको हावा आउँछ भनेर भय देखाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी नेताको सातो खाएर चुनावी मोर्चा बनाउन लागेका हुन् ।

यो मोर्चा बन्यो भने एमालेका लागि चुनाव अहिले जति सहज देखिएको छ, मोर्चासँग लड्न फलामको च्यूरा चपाउनुपर्ने हुनसक्छ । चुनावीविज्ञहरु भन्छन्– राप्रपा र अन्य भुरे दलहरु भनेका खतरा होइनन्, नयाँशक्ति, माओवादी केन्द्र र मधेसवादी दलहरु मिले भने एमालेलाई धुलो चटाउन सक्छन् ।

दिल्लीको इसारा पनि यस्तै मोर्चा बनाउने छ भनेर अमेरेश कुमार सिंहले पोल खोलिदिएपछि एमालेको हालत खस्ता हुने संकेतहरु अहिले नै देखिन थालेको छ ।

यही मोर्चा बनाउने अठोट गरेर प्रचण्डले चुनाव घोषणाको तैयारी र संशोधन पास हुन्छ भन्ने दिनदिनै भविष्यवाणी गरिरहेका हुन् भन्छन् जानकारहरु ।

प्रकाशित मिति: Jan 21, 2017

प्रतिक्रिया दिनुहोस्