Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूज अभियानका प्रधान सम्पादक भण्डारीलाई ‘धम्की’

काठमाडौं, ३ माघ । न्यूज अभियानमा प्रकासित समाचारलाई लिएर एक व्यक्तिले पटक पटक धम्की दिएका छन् ।

सहरी विकास मन्त्रालयका कर्तुत र चर्तिकलाको यस अनलाईनमा समाचार प्रकासित भएपछि आफूलाई कहिले विकास, कहिले अधिकारी बताउने एक व्यक्तिले न्यूज अभियानको अफिसियल नम्बर साथै प्रधान सम्पादक छायाचन्द्र भण्डारीको नम्बरमा फोन गरी धम्काएका हुन ।

ती व्यक्तिले आफू सहरी विकास मन्त्रालयको प्रवक्ता भए सरहको रवाफ दिदैँ सहरी विकास सम्वन्धि समाचार तत्काल हटाउन निर्देशन दिन भ्याएका छन् ।

यसैविच, धम्की दिने व्यक्ति सहरी विकास मन्त्रालयको प्रवक्ता नरहेको पाइएको छ । न्यूज अभियानले गरेको अनुसन्धानमा ती व्यक्ति नेपाल समाचार पत्रमा समाचार लेख्ने व्यक्ती रहेको खुलेको छ ।

ती व्यक्तिले समाचार नहटाए पछि थाहा हुन्छ भन्दै घुमाउरो भाषा धम्की दिएका थिए ।

उनले धम्क्याउने क्रममा बुधनगरको एक पिसियोको नम्बर पटक पटक प्रयोग गरेको अनुसन्धानले बताएको छ । समाचारमा चित्त नबुझे खण्डन गर्ने माध्यम हुँदा हुँदै ती पत्रकार भन्ने ब्यक्तीले अनावश्यक हर्कतको न्यूज अभियानले खेद व्यक्त गरेको छ ।

प्रकाशित मिति: Jan 16, 2017

प्रतिक्रिया दिनुहोस्