Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनः भर्जिन बन्न जताततै ‘अपरेशन’को माग

हैदराबादको बञ्जारा हिल्स इलाकामा बस्ने हेमन्था केही महिना पहिले आफ्नो छोरीलाई लिएर एक प्लाष्टिक सर्जन कहाँ गएका थिए । उनकी छोरी हेमन्था ब्याडमिन्टल खेलाडी हुन् । खेलको दौडानमा उनकी छोरीको हेमन (योनीको झिल्ली) टुटेको थियो । उनी भन्छिन्- ‘मैले आफ्नो छोरीको प्लाष्टिक सर्जरी गराएँ । विवाहपछि उसका पति उनलाई कुमारी हो भनेर सोचुन भन्ने मलाई लागेको थियो ।

मैले उनी कुमारी छैनन् भनेर अपरेशन गराउन लगाएको थिएँ । यो सोच हेमञ्थाको मात्रै छैन । डाक्टरकाअनुसार धेरै युवतीहरु हिमनको प्लाष्टिक सर्जरी गराउँछन् । यो अपरेशन गर्न मात्र २० मिनेट लाग्छ ।

यो अपरेशनबाट च्यातिएको झिल्ली पुनः बनाउन सकिन्छ । सनसाई अस्पतालमा प्लास्टिक सर्जन डाक्टर भवानीप्रसादका अनुसार वर्षमा यस्तै खालका करिब ५० केस आउँछन् । पहिले यस्तै प्रकारको अप्रेशन गर्नका लागि वर्षमा २ देखि ४ जनासम्म मात्रै महिलाहरु आउने गर्थे ।

डाक्टर प्रसाद भन्छन्- ‘हाम्रो समाजमा महिलाहरु हिमनलाई पुनः बनाउन बैवाहिक जिन्दगी सुरु गर्नका लागि जरूरी छ भन्ने सोच्छन् । उनीहरुलाई लाग्छ कि उनको हुनेवाला जीवनसाथी जतिसुकै आधुनिक भएपनि एक कुमारी पत्नी चाहिन्छ ।’

यस्तो खालको अपरेशनमा महिलाको योनीको भित्र करिब १ इन्च लामो झिल्ली बनाइने गरिन्छ । यसको घाउ छिटो भरिन्छ र अप्रेशनको कुनै निशाना नै हुँदैन । तर, अपरेशन गराउने महिलालाई केही हप्तासम्म गह्रौं खालको काम नगर्न सल्लाह दिइन्छ ।

डाक्टरका अनुसार विवाह भन्दा पहिले यौनसम्पर्क गरेकी महिलाहरु यस्तो खालको अपरेशन गर्न गर्छन् भन्ने पनि होइन । साँच्चीकै योनीभित्रको झिल्ली धेरै कमजोर हुने गर्छ ।

डान्स वा कुनै प्रकारको शारीरिक गतिविधिका कारण पनि टुट्ने गर्छ । तर, हाम्रो समाजमा पहिलोपटक यौन सम्पर्क गरेपछि मात्रै यो झिल्ली टुट्छ र कुमारीत्व भंग हुन्छ भन्ने सोच छ । एजेन्सी ।

प्रकाशित मिति: Jan 13, 2017

प्रतिक्रिया दिनुहोस्