Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प नवनिर्वाचित राष्ट्रपति होइन बरु रुसका ‘कठपुतली’

काठमाडौं, बीबीसी हिन्दी  । डोनाल्ड ट्रम्पले केही सञ्चार माध्यममा छापिएका खबर (‘चुनाव प्रचारमा ट्रम्पको रुससँग साँठगाँठ थियो’ र ‘रुससँग उनको निजी जीवनसँग जोडिएको आपत्तिजनक सामग्री छ ) लाई ‘फर्जी’ भनेका छन् । बीबीसीका पल वुडको एउटा रिर्पोट अनुसार चुनावको केही अघि पनि यसै प्रकारको आरोप लागेको थियो । ट्रम्प अहिले भन्दैछन् – यो सबै मामिला कसरी अगाडि आयो ।

एजेन्टले रुसी गोप्य एजेन्सी एफएसबीका कैयौँ पुराना पहिचान भएकाहरुसँग कुराकानी गरेका थिए र ती मध्ये केही सूचनाका सट्टा पैसा पनि दिएका थिए । ट्रम्पको एक भिडियो मस्कोस्थित रिट्ज कार्लटन होटलमा बनाइएको ती व्यक्तिले यी एजेन्टलाई भनेका थिए । जसमा उनी धेरै यौनकर्मीसँग उपस्थित थिए ।

यदि यो विवाद साँचो हो भने रसियाले अमेरिकी राष्ट्रपतिलाई ‘ब्लाकमेल’ गर्न सक्छ । मेरो जानकारीमा सीआइएलाई लागिरहेको छ कि, रुससँग नवनिर्वाचित राष्ट्रपतिसँग सम्बन्धित ‘कमप्रोमाइज्ड’ वा आपत्तिजनक सामग्री छ । साथै एउटा संयुक्त टास्कफोर्स बनाइएको छ जसमा सीआईए र एफबीआई पनि सहभागी छन् । रुसीहरुले चुनावप्रचारका लागि ट्रम्प या उनको कुनै संस्थालाई पैसा पठाएका थिए कि थिएनन् भन्ने कुराको अनुसन्धान भइरहेको छ ।

रसियासँग ट्रम्पका ‘कम्प्रोमाइज्ड’ सामग्री भएको भन्ने दाबी एक पूर्व ब्रिटेन गोप्य एजेन्टले लेखेको रिपोर्टमा गरिएको थियो । एमआई सिक्सको लागि काम गर्ने यी एजेन्ट मस्कोस्थित ब्रिटेन दूतावासाम काम गर्थे । र, रिटायर भएपछि एक कन्सलटेन्सी चलाउँछन् । जो रुसमा व्यापार वा उद्योग सुरु गर्नेहरुलाई सल्लाह दिन्छन् ।

 

 

न्युयार्क टाइम्स र वाशिंगटन पोस्टका अनुसार दाबी गरिएका यी रिपोर्ट गत हप्ता राष्ट्रपति ओबामासँग पुगेका थियो, संसदका नेताहरुलाई पनि सुचित गरिएको थियो । र, ट्रम्पलाई समेत बताइएको थियो । ट्रम्पले नोभेम्बर २०१३ मा मस्कोको यात्रा गरेका थिए । ती टेप त्यसै समयमा बनाएको अनुमान गरिएको छ । एक टीभी फुटेजमा उनी मिस युनिभर्स प्रतियोगितामा देखिएका थिए । मस्कोस्थित कुनै भव्य होटलमा बस्ने कुनै पनि व्यक्तिलाई जानकारी हुन्छ कि, त्यहाँ मिनीबारसँगै क्यामेरा र माइक्रोफोन पनि अवश्य लुकाएर राखिएको हुन्छ ।

आपत्तिजनक जानकारी प्राप्त गर्न रुसी सुरक्षा एजेन्सी विज्ञ छन् । रुसी मामिलाका एक विशेषज्ञले मलाई भने कि, भ्लादिमर पुटिन पनि कहिलेकाहिँ भन्छन्, उनको आपत्तिजनक जानकारी पनि छ । तर, हुनसक्छ, पुटिनले रमाइलो गरेर भनेका हुन् । एक विशेषज्ञले मलाई भने, कि एफएसबी अधिकारी ठूला व्यक्तित्वहरुको टेप सार्वजनिक गर्न तत्पर छन् ।

र, यदि यस प्रकारको कुनै दाबी गरिन्छ भने त्यसलाई लिएर सजग हुन आवश्य छ । ट्रम्पले एक एफएसबी अधिकारीसँग टेपका बारेमा कुरा गरेका थिए, सीआईएका एक पूर्व एजेन्टले भने । उनले भनेका छन्, ‘यो वाहियात हो ।’ तर यो आरोप आधारिहीन हो भनेर ट्रम्प र उनका समर्थक यो सही भनिरहेका छन् ।

पूर्व एमआईसिक्स एजेन्टले विस्तारमा लेखेका छन् –रुसले ट्रम्पलाई यो भनेर किन्ने कोशिस गर्यो । रुसमा ट्रम्पलाई नाफाको डिल गर्ने मौका दिइनेछ भन्ने प्रस्ताव ट्रम्पले अस्विकार गरे किनभने रुसमा उनको व्यवसाय ठूलो छैन ।

तर, एक ज्वान्ट इन्टेलिजेन्स एण्ड ल इन्फोर्समेन्ट टास्क फोर्स यो मामिलाको अनुसन्धान गर्दैछ । १५ अक्टुबरमा युएस सिक्रेट इन्टेलिजेन्स कोर्टले दुई रुसी बैंकलाई अनुसन्धान गर्न वारेन्ट जारी गरेको छ । यो खबर मकहाँ धेरै ठाउँबाट आयो । र, यसको प्रमाणिकतामाथि एक व्यक्तिले कुरा गरे । उनलाई म अमेरिकी सुरक्षा एजेन्सीका वरिष्ठ सदस्य भनेर सम्बोधन गर्छु । उनले म आफैँलाई केही भनेनन् । किनकि यसो गर्नु गैरकानुनी हुन्छ । तर, उनले मलाई आफ्नो स्रोतबाट जानकारी पाएको सूचनाहरु सही हो या गलत बताउँदथे ।

यसै समय सिनेटमा टेमोक्रेटिक पार्टीका नेता ह्यारी रिडले एफबीआई निर्देशकमाथि ट्रम्प, उनका नजिकका र रुसी सरकारमाथि विष्फोटक जानकारी लुकाएको आरोप लगाएका थिए । अदालती वारेन्टका बारेमा मलाई सीबीआई, एफबीआई र सरकार कसैले पनि जानकारी दिन अस्विकार गरिदियो । यो जानकारीमा छैन कि, ट्रम्प प्रशासनमा सम्पूर्ण अनुसन्धान कसरी अगाडि बढ्छ ।

रुसीहरुले नवनिर्वाचित राष्ट्रपति चुनावलाई कुनै पनि तवरले प्रभावित गर्ने कोसिसलाई अस्विकार गरिदिएको छ । यदि यस्तो कुनै टेप छ भने रुसीले उसलाई दिने छैनन् । यद्यपि केही व्यक्तिलाई आशा छ कि धेरै पैसा कमाउने चक्करमा सायद कसैले एफएसबी अधिकारीलाई टेप जिम्मा लाइदिन सक्छ ।

चुनावको समयमा ने प्रोनोग्राफिक म्यागेजिन हस्टलरले ट्रम्प टेपका लागि १० लाख डलर दिने घोषणा गरेको थियो । अब यसै प्रकारको अफर त्यस्तै पत्रिका पेन्टहाउसले दिएको छ । यो अत्याधिक आश्चर्यको स्थिति छ, जब १० दिनभन्दा पनि कम समयमा ट्रम्पलाई राष्ट्रपतिको सपथ लिनु छ । यद्यपि चुनाव प्रचारका समय यसमा कम ध्यान केन्द्रित भएको थियो ।

उम्मेद्वारका बीच भएको विवादमा हिलारी क्लिन्टनले ट्रम्पलाई रुसको ‘कठपुतली’ भनेकी थिइन् । जसमा ट्रम्पले उनलाई रोक्दै भनेका थिए, “हैन, हैन तिमी कठपुतली हो,” सीआईएका पूर्व निर्देशकले माइकल मुरले अगस्टमा न्युयोर्क टाइम्समा लेखे, ‘ गोप्य संसारमा, हामी भन्छौँ कि पुटिनले ट्रम्पलाई उनलाई थाहा नदिई रुसको एजेन्ट बनाए ।” एजेन्ट र कठपुतली दुवै शब्दमा नियन्त्रणको भाव निहित छ ।

सीआईए र एनएसएका पूर्व प्रमुख माइकेल हेडनले ट्रम्पलाई यस्ता बेवकुफ भने जसलाई प्रयोग गर्न सकिन्छ । यद्यपि यी शब्दका पछाडि कस्तो कथा छ, यो जानकारी तत्कालीन गोप्य समुदायका बीचमा थियो । र, अब यी दाबीलाई सबै अमेरिकीले सुनेका छन् ।

 

प्रकाशित मिति: Jan 13, 2017

प्रतिक्रिया दिनुहोस्