Logo
१५ बैशाख २०८१, शनिबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम बुद्धको टाटु खोप्दा जेलको बसाई

आफना शरिरमा मान्छेले टाटु बनाउनु धेरैको लागि शोखको विषय हुन्छ । तर यसै कारण उकजनालाई जेल जानु परेको छ । बिबिसिका अनुसार एकजना बेलायती पर्यटकलाई श्रीलंकाको जेलमा गएका छन । उनको नाम नाओमी कोल्मन हो। उनी सोमबार भारतबाट कोलम्बोस्थित भण्डारनाइके अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन्। आध्यात्मिक यात्रा गर्ने उद्धेश्यले उनी घुम्दैफिर्दै श्रीलंका पुगेकी थिइन ।

उनले आफनो पाखुरामा गौतम बुद्धको टाटु बनाएकी थिइन । स्थानिय प्रहरीले उनीलाई धार्मिक आस्थामा चोट पु¥याएको अभियोगमा समात्यो। र यी ३७ वर्षीया बेलायती महिलालाई एक रात जेलसमेत चलान गरियो। ‘उनलाई श्रीलंकामा आतिथ्यता दिन सकिदैन,’ प्रहरी स्रोतले भन्यो, ‘हाम्रो धार्मिक आस्थामा दख्खल दिइन्, उनीलाई यहाँबाट केही दिनमै फिर्ता पठाइनेछ।’

उनी पेशाले मेन्टल हेल्थ नर्स हुन्। उनको पाखुरामा बुद्ध र त्यसको अलिक तल हिन्दू धार्मिक आस्थाको टाटु छ। कमलको फूलको पृष्ठभूमिमा उनले बुद्धको चित्र कुँदेकी छिन्। उनले प्रहरीसमक्ष बयानमा आफूले श्रद्धाले टाटु खोपाएको बताएकी थिइन्। तर प्रहरीले उनको जवाफ चित्त बुझाएको छैन। ‘मैले ध्यान तथा आध्यात्मिक आस्थाले यी टाटु खोपाएकी हुँ’ उनले भनिन्, ‘नेपाल, भारत, थाइल्याण्ड र क्याम्बोडियामा मैले आध्यात्मिक यात्रा र शिविरमा भाग लिएकी छु, कसैले आपत्ति जनाएका थिएनन्।’

श्रीलंकामा बुद्ध धर्मको आस्थामा चोट पु¥याउने जो कोही पनि कार्वाहीमा पर्छन्। गत मार्चमा पनि एकजना बेलायती पर्यटकलाई भगवान बुद्धको बारेमा अनादरपूर्वक बोलेको अभियोगमा प्रवेशाज्ञा दिइएको थिएन। कोल्मनका अनुसार, विमानस्थलमा सुरुमा खासै समस्या देखाएनन्। उनको राहदानीमा स्टाम्प लगाइयो, अर्थात्, श्रीलंकाले उनको आगमनलाई स्वीकार ग¥यो। तर केहीबेरमा दुईजना ट्याक्सी चालक र सादा पोशाकका प्रहरीले समातेर लगे। ‘मैले बुद्धको टाटु खोपेको अभियोगमा प्रहरी हिरासतमा राखियो,’ उनले भनिन्।

कोल्मन पक्राउको विषयमा कोलम्बोस्थित ब्रिटिस हाई कमिसनलाई पनि जानकारी दिइएको छ। ‘हामी उनको लागि उपयुक्त सहयोग गर्नेछौं,’ कमिसनका एकजना अधिकारीले भने। श्रीलंकाली सरकारले बुद्ध धर्म र आस्थाप्रतिकूल कडा निगरानी गर्दै आएको छ। श्रीलंका सिन्हाली जनजातिको वर्चस्व भएको टापु हो, उनीहरु बुद्ध धर्मका अनुयायी हुन्। त्यस्तै दुई वर्षअघि तीनजना फ्रान्सेली पर्यटकलाई पनि जेल चलान गरिएको थियो। उनीहरुलाई बुद्धको मूर्तिमा चुम्बन गरेको अभियोग लागेको थियो।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्