Logo
६ बैशाख २०८१, बिहीबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुप्ताङ्गका रौं काट्दा यौनजन्य संक्रमणको खतरा

एजेन्सी । शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् ।

शरीरको बाँकी अंगको तुलनामा गुप्ताङ्ग क्षेत्रको रौं काट्दा के हुन्छ भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ ? यदि सोच्नुभएको छैन भने अब जान्नुस्ः  तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि एक कारण छ, यहाँ रौं काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ ।

गुप्ताङ्ग क्षेत्रका रौं काटेपछि तपाईलाई सफा र हलुका महसुश गर्नु हुन्छ होला तर, यहाँका रौं नकाट्ने मानिसको तुलनामा तपाइँलाई यौनजन्य संक्रमणको जोखिमको बढी खतरा हुने गर्छ ।

हालै अमेरिकामा १८ देखि ६५ वर्ष उमेर समूहका साढे ७ हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययनले गुप्ताङ्ग क्षेत्रका रौं काट्ने मानिसहरुमा यौनजन्य संक्रमण खतरा ८० प्रतिशत भन्दा बढी रहेको देखाएको छ ।

शोधकर्ताका अनुसार गुप्ताङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला (त्वचा) फाट्न सक्छ जसका कारण भाइरस आदी सहजै हाम्रो शरीरमा घुस्न सक्छन् ।

दाह्री काट्नका लागि एउटै औजार (ब्लेड) दुई जनाकाबीच एचआइभी संक्रमणका खतरा हुने जस्तै यो अध्ययनले पनि रौं काट्न वा खौरिन प्रयोग हुने सामग्री एक आपसमा प्रयोग गर्नु खतरा हो भनेको छ ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्