Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प पनि के कमः आफ्नै ज्वाइँलाई बनाए सल्लाहकार

ज्यारेड कुशनर, इभान्का ट्रम्प र डोनाल्ड ट्रम्प

एजेन्सी, पुस २६ । अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुशनरलाई वरिष्ठ सल्लाहकार नियुक्त गरेका छन् । ३५ वर्षीय कुशनर ट्रम्पकी छोरी इभान्काका पति हुन्। कुशनर अमेरिकाका चर्चित व्यवसायी र न्यूयोर्क अब्जर्भर पत्रिकाका प्रकाशक हुन्। ट्रम्पले उनलाई निकै भरोसा गर्ने र महत्व दिने बताइएको छ।

राष्ट्रपति चुनावको समयमा कुशनरले प्रचार प्रसार र आर्थिक व्यवस्थापनका रणनीतिहरु बनाउन प्रमुख भूमिका निभाएका थिए ।  धेरै नबोल्ने स्वाभाव भएका कुशनर २५ वर्षको उमेरमा नै प्रभावशाली व्यक्तिको छवि बनाउन सफल भएका थिए। उनी कट्टर यहुदी हुन्। ट्रम्पलाई यहुदी विरोधी भनिदाँ उनैले आफ्ना ससुराको बचाउ गरेका थिए।

कुशनरको जन्म न्यूजर्सीमा भएको थियो र उनका दुई बहिनी र एक भाइ छन्। उनका पिता चाल्र्सले प्रपर्टीको व्यवसायमा निकै पैसा कमाएका थिए।कुशनरका पिता ववादको घेरामा मुछिएका थिए र कर छलीको आरोपमा जेल सजाय पनि भएको थियो। यसका साथै साक्षीहरुलाई दबाब दिएको आरोप पनि चाल्र्सलाई लागेको थियो। पछि उनले आफ्नो गल्ती स्वीकारेका थिए।

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्