Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि पृथ्वी जयन्ती: सार्वजनिक बिदा दिन सासंदको माग

काठमाडौँ, पुस २६ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन भोलि अर्थात पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ ।

बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिएका थिए ।

व्यवस्थापिका–संसद्मा मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे ।

स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो । बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेका थिए ।

 

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्