Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ पहिलो साताभित्र चुनाबको मिति घोषणा गर्ने तयारी

अर्घाखाँची, पुस २४ । माओवादी केन्द्रका नेता बर्षमान पुनले ढिलोमा माघ पहिलो साताभित्र सरकारले चुनाबको मिति घोषणा गर्ने बताएका छन् । संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव अघि बढे लगत्तै सरकारले चुनाबको मिति घोषणा गर्ने तयारी गरीरहेको नेता पुनको भनाइ छ ।

अर्घाखँचीको सन्धिखर्कमा आइतबार भएको साक्षात्कारमा पुर्व अर्थमन्त्रि समेत रहेका नेता पुनले मधेसबादी दलहरुलाई संविधानको मुलधारमा ल्याउन सरकारले संबिधान संसोधन प्रस्ताब ल्याएकोले प्रक्रिया र अन्तरबस्तुमा सहमति खोजेर प्रतिपक्षी दलहरुकै सहमतिमा प्रस्ताव पारीत हुनेमा सरकार आशावादी रहेको बताए ।

नेता पुनले भने, तराईमा निरन्तर आन्दोलन गर्दै आएका मधेशी दलहरुलाइ संविधानको मुलधारमा नल्याई कुनैपनि निकायको निर्वाचन सम्भव छैन । उनीहरुको मागलाई सम्बोधन गरेर निर्वाचनको बाटो खुला गर्नतर्फ सरकार लागिपरेको छ ।’

माओवादी केन्द्रकै नेता टोप बहादुर रायमाझिले ५ नं. प्रदेश टुक्राउने सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पार्टीको निर्णय समेत नमान्ने बताइरहेका बेला पुनले भने समर्थन र बिरोध लोकतन्त्रको प्रक्रिया भएकाले प्रतिकृया दिए ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्