Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मोदीले देश–विदेशमा गएर नेपालको सविधानबारे गलत सूचना दिए’

काठमाडौँ, २२ पुस  । एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (माले) का महासचिव सिपी मैनालीले ‘मोदीले देश–विदेशमा गएर नेपालको सविधानबारे गलत सूचना दिए’ भन्दै भारतिय प्रधानमन्त्रीमाथी आरोप लगाएका छन ।

मैनालीले  भने, संविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए, संविधान जारी भएरै छाड्यो, अब संविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौँ तर भारतले फेरि खेल्न थाल्यो, भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको संविधानलाई विरोध गर्यो, नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो  ।

मैनालीले  भने, भारतका नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको संविधान बारेमा गलत सूचना दिए, नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन, भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ, भारतले नेपालाई फिजिकरण गर्ने, सिकिमीकरण, भुटानीकरण गर्ने जस्ता काम गर्न थालेको छ  ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्