Logo
२० असार २०८२, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पद्मश्री–नेश्नल अवार्ड बिजेता ओम पुरीको निधन

एजेन्सी । बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९७६ मा मराठी फिल्मबाट करियर सुरु गरेका पुरीले इन्डियन, पाकिस्तानी, ब्रिटिस र हलिउड फिल्महरुमा अभियन गरेका छन्। उनले भारतको पद्मश्री, नेश्नल अवार्डलगायत अवार्ड जितेका छन्।

‘हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,’ पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै ABP News ले जनाएको छ।

उनले बलिउडको अर्धसत्य, आक्रोश, जानेभी दो यारो, बभनी भाभी, मिर्च मसाला, धरबीलगायतका हिट फिल्ममा काम गरेका छन्।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्