Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी काम छाडेर एमालेको जुलुसमा निस्किए कर्मचारी !

काठमाडौ, २२ पुस । एमाले सहितका ९ दलले गरेको प्रर्दशनमा सरकारी कर्मचारी समेत कामकाज छाडेर गएको पाइएको छ ।

राज्यको ढकुटीबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा दिने बेलामा एमालेको शक्ति प्रर्दशनमा गएका हुन ।

नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवक कर्मचारीहरु कार्यालयको कामै छाडेर सहभागी भएका छन् ।

उनीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको ‘नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटी’ को ब्यानरमा जुलुसमा देखिएका हुन ।

त्यसमा निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिएका छन् भने उनीहरुका पछिपछि सरकारी कर्मचारीहरु पार्टीका कार्यकर्ताजस्तै गरी लामवद्ध भएका छन् ।

कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि राजधानीका सरकारी कार्यालयका सेवाग्राहीहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्