Logo
५ जेष्ठ २०८१, शनिबार
(January 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपरिवारमा अचम्मको घटना : एक बालकले लिए पुर्नजन्म (भिडियो)

एजेन्सी ।  भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानीका दोर्जे वाङचुककी छोरी पट्टिका तीन वर्षीय नातीले आफूले पुर्नजन्म लिएको बताएका छन् । ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय २४ वर्ष अघि आफू भारतको नालान्दा विश्वविद्यालयमा शिक्षाविद् रहेको बताएका छन् ।

उनले आफूले नालान्दा विश्वविद्यालयमा अध्ययन गरेको र त्यहाँको अवस्थाको बारेमा बताएपछि २०१७ को जनवरी १ तारिखमा उनकी हजुरआमा दोर्जे वाङचुक उनलाई लिएर नालान्दा विश्वविदालय पुगेकी थिइन् । ट्रुयकले नालान्दा विश्वविद्यालय भ्रमणका क्रममा आफूले अध्ययन गरेका स्थलको पहिचान गरेकोसमेत भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ती तीन वर्षका बालकले परिवारमा आफूले नालान्दा विश्वविद्यालयको हरेक कुरा चिन्ने दाबी गरेपछि परिवारले उनलाई विश्वविद्यालय घुमाउन लगेको थियो । उनले त्यहाँ आफुले अध्ययन गरेको कक्षाकोठाको समेत पहिचान गरेको बताइएको छ ।

भुटानी महारानीले एक भिडियोमा आफ्नो नाती नालान्दा विश्वविद्यालयमा पहिलो पटक आएको बताँउदै आफ्नो लागि यो एक विशेष दिन भएको बताएकी छिन् ।

उनले आफ्नो नातीको रुपमा नालान्दा विश्वविद्यालयका शिक्षाविद्ले पुर्नजन्म लिएको बताउँदै विश्वकै चर्चित यो विश्वविद्यालयमा आएर आफ्नो नातीले खण्डहरहरु पहिचान गरेको बताएकी छिन् ।

आफ्नो नातीले विश्वविद्यालयको हरेक बाटो, आफुले खाना खाने गरेको स्थल सबै पहिचान गरेको उनले बताएकी छिन् । भुटानकी महारानीकी छोरी सोनम वाङचुकका छोराका रुपमा जन्मिएका ट्रुयक वाङचुकले भर्खर तीन वर्षमा पाइला टेकेका छन् ।

बालकले आफू ८ सय २४ वर्ष अघि नालान्दा विश्वविद्यालयको वेरोचना नाम गरेको शिक्षाविद् भएको बताएका छन् । यतिबेला यो खबर भारतीय टेलिभिजन च्यानलहरुमा यो खबर हट केक बनेको छ ।

प्रकाशित मिति: Jan 4, 2017

प्रतिक्रिया दिनुहोस्