Logo
१५ बैशाख २०८१, शनिबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै कसुरमा बाबुछोरा फेरी पक्राउ

काठमाडौं । प्रहरीले अवैध कल बाइपास गरेको आरोपम चौथो पटक बाबु छोरालाइ पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरोले ललितपुर भैंसेपाटीका राकेश गिरी र गिरीश गिरीलाइ पक्राउ गरेको हो । राकेश बाबु र गिरीश छोरा हुन् ।

ब्युरोका अनुसार २०६३ सालमा ललितपुर ठेचोबाट अबैध कल बाइपास गरेको अभियोगमा पक्राउ परेका राकेश २४ दिन कैद भुक्तान गरी ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यस्तै २०६८ असारमा जैसीदेवलबाट पक्राउ परेका राकेश एक बर्ष र उनका ३५ बर्षीय छोरा गिरीश दुई बर्ष कैद भुक्तान गरी छुटेका हुन् ।

२०७१ असोज ७ गते ललितपुरमा पक्राउ परेका राकेश १ बर्ष ५ महिना र छोरा गिरीश २ बर्ष कैद भुक्तान गरी छुटेका थिए ।यो खबर आजको नागरिकमा छ ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्