Logo
१५ बैशाख २०८१, शनिबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जात र धर्मका अाधारमा चुनाव लड्न नपाइने अदालतको आदेश

एजेन्सी, नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले कुनै पनि राजनीतिक दललाई जात, धर्म वा सम्प्रदायका नाममा मत मागेर चुनाव लड्न प्रतिबन्ध लगाएको छ।

अदालतमा सो मुद्धा सुनुवाई गर्न गठन भएको सात सदस्यीय इजालसले बहुमतका आधारमा उक्त फैसला गरेको हो। सात मध्ये ४ न्यायाधीश जात, धर्म र सम्प्रदायका नाममा भोट माग्न मनाही गर्नुपर्ने पक्षमा थिए भने ३ न्यायाधीश भने अदालतले त्यस्तो निर्णय लिन नहुने पक्षमा थिए।

सन् १९९६ देखि चलेको ‘हिन्दुत्व’को मुद्दामा लामो सुनुवाईपछि अदालतले त्यस्तो निर्णय गरेको हो। जात, धर्म वा सम्प्रदायका नाममा कसैले मत मागे त्यस्तो मतलाई अमान्य घोषणा गर्ने सर्वोच्चले बताएको छ।

यसअघिको एक इजलासले ‘हिन्दुत्व’ भनेको जीवन पद्दति भएको बताएको थियो। फैसलमा भनिएको छ– चुनाव भनेको ‘सेक्युलर’ अभ्यास हो र चुनावलाई त्यसै अनुसार मान्नु पर्छ। कुनै उमेद्वारले अदालतको निर्णय उल्लङ्घन गरेमा उमेद्वारी बदर गरिने छ।

त्यस्तै भगवानप्रतिको मान्छेको आस्था व्यक्तिगत कुरा हो धार्मिक कुराले राज्य र राजनीतिमा हस्तक्षेप गर्न मिल्दैन। भारतमा जातीय कुराले पनि राजनीतिमा व्यापक प्रभाव पार्ने गरेको छ।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्