Logo
१५ बैशाख २०८१, शनिबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन तम्मतयारी: प्रधानमन्त्री र मोर्चाका नेतावीच वैठक

काठमाडौं, पुस १६ । शुक्रवार साँझ काँग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका मधेशी मोर्चाका नेताहरुले शनिवार बिहान प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन । उक्त छलफलमा कुन कुन बिषयमा छलफल भएको हो त्यसबारे केहि नखुलिएता पनि बैठक पुर्णत सविधान संशोधन बिधेयक र चुनावको मितिबारे छलफल केन्द्रित रहेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री दाहाल, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, लक्षमणलाल कर्ण,, महेन्द्रराय यादव, मनिषकुमार सुमन, केशव झा लगायतका नेताहरु बालुवाटार पुगेका छन् । छलफल अहिले पनि जारी छ ।
हिजो संविधान संशोधनविना नै प्रमुख तीन दल चुनावको मिति घोषणाको विषयमा नजिक बनेपछि आशंका गरेका मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । लगत्तै सत्तारुढ दलले मोर्चालाई सडकमा नजान आश्वस्त पार्ने कोशिष गरेका छन् ।
मधेशी मोर्चाले सहमतिका आधारमा परिमार्जनसहित संविधान संशोधन, संशोधन प्रस्ताव पारित गराउन दवावका लागि पुस १८ गते जिल्ला सदरमुकाममा विरोधसभा र स्थानीय तह निर्धारणसम्बन्धी प्रतिवेदन अधुरो भएको निश्कर्ष निकालेपछि प्रधानमन्त्री र मोर्चाका नेताहरुवीच कुरा हुन थालेको हो । शुक्रवार काँग्रेस सभापति देउवासँगको भेटमा संविधान संशोधन प्रक्रिया सदनमा पेश भएपछिमात्र चुनावका विषयमा अगाडि बढ्नुपर्ने मोर्चाका नेताहरुको माग थियो । देउवाले उनीहरुलाई आफुहरुलाई विश्वास गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्