Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले दियो लोकमानलाई वारेश राख्ने सुविधा

काठमाडौं, पुस ८  ।  सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख लोकमान र पूर्व कानून सचिव प्रमोद कार्कीलाई आफ्नो मुद्दामा वारेश राख्ने सुविधा दिएको छ ।

म्याद तामेलीमा अवरोध गरेकोवारे परेको मुद्दामा पूर्ण इजलाशले शुक्रबार उनीहरुलाई वारेशको सुविधा दिएको हो । यसअघि उनीहरु स्वयं नै अदालत उपस्थित हुनुपर्ने बाध्यता थियो ।

यसअघि नै दुवै जनाले वारेश राख्न सर्वोच्चमा निवेदन दिएका थिए । तर सोही मुद्दामा प्रतिवादी बनाएका लोकमानका ज्वाई प्रवल थापा र वडा सचिव सरिता राईले भने वारेश राख्न निवेदन दिएका थिएनन् ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्