Logo
१५ बैशाख २०८१, शनिबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब देशैभर लोडसेडिङ अन्त्य गर्ने तयारी’

गोरखा, पुस ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले देशभर लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने

–सरकार जनताले प्रत्यक्ष अनुभव गर्ने गरी काम गरिरहेको छ ।

–काठमाडौंमा लोडसेडिङ अन्त्य भएको छ, अव देशभर लोडसेडिङ अन्त्य गर्न हामीले गृहकार्य गरिरहेका छौं ।
–छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारीमा सरकार सफल हुन्छ ।

–व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ ।

–ठीक मान्छेलाई ठिक जिम्मेवारी दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो ।

–नेतृत्वको ईच्छाशक्ति, राम्रो व्यवस्थापन र युद्धस्तरमा काम गरे परिणाम उत्साहजनक आउँछ ।

–राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको छु ।

–मेरो निरीक्षणपछि कामहरु रफ्तारमा अघि बढेका छन् ।

–सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनाहरुलाई पुरस्कृत गर्नेछ ।

–हामी सबैले निष्ठावान् भएर काम गरौं, परिणाम राम्रो आउँछ । राष्ट्र निर्माणमा हामी सबै जिम्मेवार भएर लागौ ।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन बमोजिम सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको जानकारी दिए ।

उर्जामन्त्री शर्माले भने

–हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं ।

–नयाँ आयोजनाहरुको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने प्रश्ट भयो ।

–अहिले काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको छ, यो प्रधानमन्त्री प्रचण्डको परिकल्पना र निर्देशनको परिणाम हो ।

उद्घाटनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले भने

–प्रचण्ड नेतृत्वको सरकार जनप्रिय कामका लागि क्रियाशील छ ।

–प्रधानमन्त्रीको निर्देशन बमोजिम उर्जा मन्त्रालयले देशैभरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेको छ ।

–कालिका ‘ए’ साना जलविद्युत् आयोजनाले सरकारको योजनामा सहयोग गर्ने अपेक्षा गरेका छौं ।

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे भन्छन–

–विगतमा काठमाडौंको सडक फराकिलो बनाएर माओवादी नेतृत्वको सरकार लोकप्रिय बन्यो ।

–अहिले लोडसेडिङ अन्त्य गरेर अर्को लोकप्रियता हासिल गरेको छ ।

–कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्नेछ ।

माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने

–लोडसेडिङ अन्त्य गर्ने अभियानमा कालिका हाइड्रोले महत्वपूर्ण योगदान गरेको छ ।

दरौदी ‘ए’ बाट कति बिजुली ?
कालिका पावर कम्पनि लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेघावाट विद्युत् उत्पादन ।
–कम्पनिले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको हो । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्