Logo
१५ बैशाख २०८१, शनिबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IOM को तालाबन्दी खुलाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, ७ पुस । शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयमा भैरहेको तालाबन्दी खुलाउन नवनियुक्त डिन डाक्टर जगदिश अग्रवाललाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले वुधबार राति नवनियुक्त डिन अग्रवाललाई आफ्नो निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालाबन्दी खोल्ने वातावरण बनाउने निर्देशन दिएका हुन् । डिन अग्रवालले मन्त्री पौडेलको निर्देशनपछि बिहीबारदेखि नै असन्तुष्ट पक्षसँग संवाद सुरु गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले डाक्टर केशवप्रसाद सिंहलाई राजीनामा दिन लगाएर डाक्टर अग्रवाललाई आइओएमको डिन बनाएपछि असन्तुष्ट पक्ष संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएको छ । असन्तुष्ट पक्षले गरेको तालाबन्दीको कारण डिन अग्रवालले अझै आफ्नो कार्यकक्ष प्रवेश गर्न पाएका छैनन् ।

डाक्टर सुरेश उप्रेती संयोजकत्वको संघर्ष समितिले डिन अग्रवालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्