Logo
१५ बैशाख २०८१, शनिबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोडसेडिङ मुक्त गर्नमा अवरोध गर्ने प्रधिकरणका ३ हाकिम बर्खास्त

काठमाडौं ४ पुस । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा मन्त्री भएर आएसँगै नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेर लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन हाकिम बर्खास्तीमा परेका छन् ।

ऊर्जा मन्त्रालयले सञ्चालक समिति सदस्यहरु मनोज कुमार मिश्र, लक्ष्मण अग्रवाल, र सुरज लामिछानेलाई बर्खास्त गरेको हो ।
उनीहरुलाई यसअघि मन्त्रालयले स्पष्टिकरण सोधेको तर चित्तबुझ्दो जवाफ नदिएपछि बर्खास्त गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट घिसिङलाई हटाउन उनीहरुले भित्रि खेल समेत खेलेको आरोप लागेको थियो ।

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्