Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिकिनी लगाएर आउने महिलालाई सपिंग मलमा उपहार

एजेन्सी । सपिंग मलहरुले ग्राहकको भीड बढाउनका लागि विभिन्न प्रकारका अफर ल्याउँछन् । यस्तैमा एउटा मलले यस्तो अफर ल्याएको छ जसबाट बिकिनी गर्लहरु लाभान्वित भैरहेका छन् । सोही कारणले होला सप्ताहन्तमा उक्त मलमा केवल बिकिनी लगाएका महिलाहरु मात्र देखिन्छन् । बेलायतको एसेक्समा रहेको लेकसाइड सपिंग सेन्टर यस्तो ठाउँ हो जहाँ सप्ताहन्तमा कम भन्दा कम कपडा लगाएका महिला ग्राहकहरु द्येखिन्छन् ।

वास्तवमा आइतबारको दिन बिकिनी तथा हाइ हिल लगाएर आउने १ सय जना महिलालाई सपिंग मलले विभिन्न खालका पुरस्कार दिइन्छ ।सोही कारण धेरै महिलाहरु बिकिनी लगाएर उक्त सपिंग सेन्टरमा आई सपिंग तथा पुरस्कारको फाइदा उठाउन भुल्दैनन् ।

सपिंग मलका कर्मचारीहरुका अनुसार बिकिनी लगाएर आएको दिन महिलाहरुले अन्य दिनभन्दा धेरै सपिंग गर्छन् । बिकिनी पहिरनमा आफुलाई बढि सुन्दर देख्ने भएको हुँदा महिलाहरुले धेरै सपिंग गर्ने गरेको अनुभव सपिंग मलका कर्मचारीहरुको छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्