Logo
१५ बैशाख २०८१, शनिबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नी लियोनको र शाहरुख खान ट्वीटमा सवाल-जवाफ

एजेन्सी । शाहरुख खानको नयाँ फिल्म ‘रइस’ को ट्रेलर केही दिन अघि रिलिज भएको छ ।  ट्रेलरमा लेला ओ लेलाको धुन बज्नेबित्तिकै सन्नी लियोन देखिन्छिन् । सन्नी लामो समयदेखि शाहरुखसँग फिल्म खेल्न चाहन्थिन् र उनको यो इच्छा रइसमार्फत पूरा भएको छ ।

यसबारे आफ्नो खुसी व्यक्ति गर्दै सन्नी लियोनले ट्वीट गरिन् । उनले लेखिन्, ‘कोही यस्ता व्यक्ति छन् जसले मनोरञ्जनको क्षेत्रमा तपाईंको जीवन परिवर्तन गर्न सक्छन् र शाहरुख खान तीमध्ये एक हुन् ।’

उनले शाहरुखलाई धन्यवाद दिइन् । यस्तै उनले फिल्ममा मौका दिएकोमा फिल्मका निर्देशक राहुल ढोलकियालाई पनि धन्यवाद दिएकी छिन् ।

यसको जवाफमा शाहरुख खानले सन्नीलाई शानदार व्यक्तित्वकी मालिकको संज्ञा दिए । यस्तै, शाहरुखले रइसलाई उत्कृष्ट बनाएका कारण सन्नीलाई धन्यवाद दिए र सधैं हाँसिरहन आग्रह गरे ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्