Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने

kamal-thapa-and-pashupatiकाठमाडौं, २१ मङि्सर । सत्तारूढ दल राप्रपाले सरकारद्वारा संसद्मा दर्ता संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ। राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनमा रहेका केही दफा राष्ट्रहित अनुकूल नभएको निर्णय गरेको छ । राप्रपा ३७ स्थानसहित संसद्मा चौथो स्थानमा छ। प्रमुख तीन दल नमिल्दा प्रस्ताव पारित गर्न राप्रपाको समर्थन अनिवार्य हुन्छ। सो दलले संविधान संशोधन प्रस्तावविरुद्ध मधेसी मोर्चाको असन्तुष्टि, प्रदेश नम्बर ५ का जनताको असन्तुष्टि, सदनमा जारी अवरोधका कारण समेत नयाँ समझदारी खोज्नुपर्ने जनाएको छ। यसबाट संविधान संशोधन प्रस्तावलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने दबाब सरकारलाई परेको छ।

‘पहाड र मधेस छुट्याउने गरी ल्याएको संशोधन प्रस्तावले राष्ट्रिय एकता बलियो बनाउँदैन, भाषा र नागरिकतासम्बन्धी व्यवस्था पनि देशको हितअनुकूल छैन।’ राप्रपाका नेता राजाराम श्रेष्ठले पहाड र मधेस विभाजन गर्नेगरी ५ नम्बर प्रदेशको सीमांकन प्रस्ताव गरिएकोमा सहमत हुन नसकिने बताए । हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने बाटो खोल्ने गरी ल्याएको संशोधन प्रस्ताव देशको हितअनुकूल नभएको निष्कर्ष पनि बैठकले निकालेको श्रेष्ठले जानकारी दिए ।

‘पहाड र मधेस छुट्याउने गरी ल्याएको संशोधन प्रस्तावले राष्ट्रिय एकता बलियो बनाउँदैन,’ श्रेष्ठले भने, ‘भाषा र नागरिकतासम्बन्धी व्यवस्था पनि देशको हितअनुकूल छैन।’ राप्रपाले संविधान कार्यान्वननिम्ति २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसद्को चुनाव हुनु अनिवार्य भएको जनाएको छ। ‘चुनाव सम्पन्न गर्न मधेस केन्द्रित राजनीतिक दल एवं विभिन्न समूहले उठाएका जायज माग सम्बोधन गर्न आवश्यक हुन्छ।

यसै प्रयोजनका लागि सरकारले संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘सत्तारूढ दल भए पनि विधेयक तयार गर्दा राप्रपासँग परामर्श नभएको तथा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नतुल्याएकोमा यो बैठक गम्भीर आपत्ति र खेद प्रकट गर्छ।’ आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने र संविधान सर्वस्वीकार्य बनाउने भन्दै सरकारले अघि सारेको संविधान संशोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका चार दलले संसद् बैठक अवरुद्ध पार्दै आएका छन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संशोधन विधेयकका कारण असहज बनेको परिस्थिति सहज बनाउन दलहरूबीच नयाँ शिराबाट छलफल हुनुपर्ने बताए। ‘मधेसवादी दलहरूले समर्थन नगरेका कारण पहिलादेखि नै अवस्था असहज हो। अहिले सत्तारूढ दलबाटै यस्तो निर्णय आएको छ। पार्टीभित्र छलफल गरेर अघि बढ्ने काम हुन्छ,’ श्रेष्ठले भने, ‘तीन दल मिलेर सहमति गरेर मधेसको माग संशोधन गर्नुको विकल्प छैन। त्यसमा प्रमुख प्रतिपक्षी दल पनि गम्भीर हुने बेला आएको छ।’ नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्