Logo
१२ बैशाख २०८१, बुधबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईको ४५ औं राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत

uae-newsयुएई । युनाईटेड अरब ईमिरेट्स (युएई) को ४५ औ राष्ट्रिय दिवसको उपलक्षमा युएईमा रहेका नेपालीहरुले ऐक्यबद्दता प्रस्तुत गरेका छन । गत डिसेम्बर २ तारिकको दिन युएईको सातौ राज्य रस अल खैमहमा युएई सरकार द्वारा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा नेपाली नृत्य प्रस्तुत गरिएकाे थियाे ।

रसअल खैमह राज्यको मिनिस्ट्री अफ कल्चरल भवनको खुला प्राङगडमा गुँराश ढकालले शिरैमा शिरबन्दी, दिपक गुरुङले बिहानी घामको किरण, प्रतिक्षा शर्माले डाँफे झैं नाच्ने र शारिका सुनारले कम्मर माथि पटुकी बोलका नेपाली गीतहरुमा कम्मर मर्काइ मर्काइ नाच्दा माहोल निकै भाबुक भएको थियो । रस अल खैमह, अज्मान र दुबईका नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नाच्ने क्रममा कलाकारहरुले नेपाली झण्डा फरफराउदा उपस्थित नेपालीहरु राष्ट्रभाबले ओतप्रोत भएको देखिन्थे ।

उक्त कार्यक्रममा गैर आबासिय नेपाली संघ, युएईका अध्यक्ष सुदीप कार्की, सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, एनआरएनए,रसअल खैमाका अध्यक्ष राजेन्द्र रोस्यारा, नेपाली जनप्रगतिशिल मँचका जनार्दन सुबेदी, दीपक बिष्ट लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो । अधिकाँश स्थानिय अरबीहरु दर्शक रहेको उक्त कार्यक्रममा नेपाली प्रस्तुती देखेर उनिहरु निकै खुशी एवम उत्साहित देखिन्थे । नेपालीहरु जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाइ विश्वभर चिनाउने प्रयासमा लागि रहने कार्यक्रम सँयोजक तथा ईनाश युएईका महासचिब राम तामाङले बताए ।

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्