Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भने–संशोधन प्रस्तावबारे आजै ठोस निर्णय हुन्छ

pm-prachandaकाठमाडौं । प्रधानमन्त्री एव् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव सम्बन्धी आज साँझ बस्ने मन्त्रीपरिषद् बैठकले ठोस निर्णय लिने बताएका छन् । पार्टी पोलिटव्यूरो वैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन मार्फत देशलाई निर्वाचनतिर लैजाने र संविधान कार्यन्वयन गर्ने बताए ।

एक पोलिटव्यूरो सदस्यका अनुसार वैठकमा प्रचण्डले भने, मेरो नेतृत्वको सरकार बन्दा तराई–मधेश केन्द्रित दलहरुसँग तीन बुँदे सहमति भएको थियो । उनीहरुका जायज माग सम्बोधन गर्ने गरी सरकारले काम गर्ने सहमति भएको हो । असन्तुष्टका माग सम्बोधन गर्नु सरकारको दायित्व हो । यो हाम्रो दायित्व पनि हो ।

प्रचण्डले भनेसकेसम्म सवैपक्षको सहमतिमा प्रस्ताव दर्ता गर्ने र अगाढि बढने सोचेको हो । सवैपक्षसँग यसैका लागि कुराकानी गरेको हुँ । मधेशी मोर्चाका माग पनि सम्बोधन नहुँने र चुनाव पनि नहुँने भने संशोधन गरेर, के अर्थ लाग्यो र ? मधेशी मोर्चाका नेताहरु सरकारले तयार पारेको चार बुँदे प्रस्तावको आलोचना पनि र समर्थ पनि गर्ने तहमा छन् । यसमा पुरै विरोध पनि छैन र आलोचना पनि छैन ।

प्रचण्डले भने आज साँझ मन्त्रीपरिषद् वैठक बस्दैछ । त्यहाँ यो विषय छलफल गरेर अगाडि बढछ् । संशोधनले मधेश, हिमाल र पहाड एकजुट बनाउँछ । त्यसपछि देश निर्वाचनतिर अगाडि जान्छ । अहिले पाँच नम्वर प्रदेशका जिल्लाका विषयमा आएको कुरा माओवादीको मात्र होइन । पहिला काँग्रेस र एमालले पनि तराई र पहाडका जिल्ला अलग गर्ने कुरा गरेका थिए ।

प्रचण्डले भने संविधान कार्यन्वयनका जटिलतावारे हिजो राष्ट्रपतिसँगपनि कुरा भयो । सवै दलका शीर्ष नेताहरु त्यहाँ थियौँ । संविधान स्वीकार्यता बढाएर कार्यन्वयन हाम्रो दायित्व हो भन्नेमा एक छौँ ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्