Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढिकुरा समाज अर्घाखाँची–काठमाडौंद्वारा ध्यानकर्षण

jayapan patra

काठमाडौं । जनचाहना विपरित अर्घाखाँचीको ढिकुरा गाविसलाई भूमिकास्थान नगरपालिकालाई राख्ने निर्णयप्रति ढिकुरा समाज अर्घाखाँची–काठमाडौंले विरोध गरेको छ ।

समाजले जिल्लाका राजनैतिक दलको नाममा भएको सो निर्णयप्रती आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाउँदै सो निर्णय अविलम्ब फिर्ता लिन माग गरेको हो ।

यसअघि ढिकुरा गाविसलाई सन्धिखर्क नगरपालिकामा राख्ने निर्णय व्यवहारीक भएको ठहर गदैं समाजले जनचाहना अनुसार पहिलाकै निर्णयलाई यथावत् राख्न माग गरेको छ । स्थानीयले गरिरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै समाजले ध्यानकर्षण स्वरुप, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतका निकायमा समेत ज्ञापन पत्र बुझाएको समाजका निमित्त अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए ।

उनले मातहतका कार्यालयमा समेत ज्ञापन पत्रको बोधार्थ पठाइसकेको बताउँदै जनचाहना विपरित भएको सो निर्णय नसच्चिए आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

प्रकाशित मिति: Nov 11, 2016

प्रतिक्रिया दिनुहोस्