Logo
१५ बैशाख २०८१, शनिबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एटीएमबाट पैसा चोर्ने थप दुईटर्किस नागरिक पक्राउ

atm-news

काठमाडौं । एटिएम कार्डको पिन नम्बर चोरी गरी नेपालका बिभिन्न बैंकबाट रकम चोरी गर्ने दुई जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिय मुहारिन उजुन र ३२ वर्षका सेला हातिन यावरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार कान्तिपथको होटल एल्लो प्यागोडाबाट पक्राउ गरेको हो ।

पटक पटक पर्यटक भिसामा नेपाल आएका उनीहरुले नेपालीहरुले बिभिन्न बैंकमा जम्मा गरेको रकम झिक्दै आएका थिए। उनीहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । उनीहरुबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय युरो, १६ सय ६० अमेरिकी डलर, १ सय १३ वटा एटीएम कार्ड बरामद गरेको सिआइबीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यसअघि प्रहरीले तीन जना रोमानियन नागरिक र एक जना बुल्गेरियाका नागरिकलाई पनि पिन नम्बर चोरी गरेर रकम निकालेको अभियोगमा पक्राउ गरेको छ । सीआईबीले एटीएमबाट रकम चोरी हुन नदिन सबै बचतकर्ताहरुलाई एटीएमको पिन कोर्ड परिवर्तन गर्न सुझाव दिएको छ।

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्