Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काजल अग्रवाल भन्छिन् -‘बाहुबली ३’ मा काम गर्न सबै छोड्न तयार छु’

kajal-agarwal-1024x681भारत, बैंगलोर । दक्षिण भारतका हिरोइन काजल अग्रवालले आगामी बन्ने बाहुबली ३ मा आफूलाई काम गर्ने इच्छा रहेको भन्दै फिल्ममा काम गर्न उनले सबै कुरा त्याग गर्न सक्ने बताएका छन् । बाहुबलीका निर्देशक एस एस राजामौलीलाई लक्षित गर्दै नायिक अग्रवालले बाहुबली ३ मा अभिनय गर्ने आफ्नो इच्छा रहेको बताएकी हुन् ।

अग्रवालले पान्डसद्धारा आयोजित एक कार्यक्रममा भनिन् ‘म बाहुबली ३ मा अभिनय गर्नको लागि आफ्नो अरु सबैकाम छोड्न तयार छु, मेरो पहिलो प्राथमिकता नै बाहुबली ३ मा काम गर्ने रहेको छ ।’ उनले बाहुबलीमा अभिनय गर्न नपाएको प्रति आफ्नो कुनै गुनासो नरहेको समेत बताए । बाहुबली एक अन्तर्राष्ट्रिय स्तरको फिल्म बनेकोमा गर्व लागेको अग्रवालले बताइन् ।

फिल्म निर्माणमा धेरै लगानी लागेपनि निर्देशक राजामौलीले उत्कृष्ट फिल्म बनाएकोमा निर्देशकबाट निकै प्रभावित भएको उनले बताएकी छिन् । काजोल अग्रवाललाई पहिला बाहुबली फिल्ममा अभिनय गर्नको लागि निर्देशकले अफर गरेका थिए तर अग्रवाल अन्य फिल्मको सुटिङमा ब्यस्त रहेका कारण बाहुबलीमा अभिनय गर्न छुटेका थिए ।

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्