Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाउद इब्राहिमको सहयोगी काठमाडौँबाट पक्राउ

rawiraj-singh

काठमाडौँ । अन्डरवल्र्ड डन दाउद इब्राहिमका सहयोगी काठमाडौँबाट पक्राउ परेको भारतीय मिडियाहरुले जनाएका छन् । एबिपी न्युजका अनुसार रविराज सिंह नाम गरेका दाउदका सहयोगी पक्राउ परको हुन् । उनी काठमाडौंमा बसेर नेपालमा जाली भारतीय नोटको र्याकेट चलाउँथे ।

कल सेन्टरको आडमा उनले जाली नोटको कारोबार चलाउने गरेको समाचारमा उल्लेख छ । नेपाल प्रहरीको सिआइबीको टोलीले रविराजलाई पक्राउ गरेको बताइएको छ । उनी यसअघि पनि पक्राउ परेको तर पछि छाडिएको पनि बताइएको छ । उनी एक वर्षसम्म जेलमा रहेका थिए ।दाउद डि कम्पनी नामक संगठीत आपराधिक समूहका नाइके हुन् । उनी विश्वकै टप टेन मस्ट वान्टेड अपराधीमा पर्छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले नक्साल निवासी रविराज सिंहलाई श्रीलंकन नागरिकसँग मिलेमतो गरी अबैध कल बाइपास गरेको आरोपमा पक्राउ गरेको हो । सिंहले श्रीलंकन नागरिकसंग मिलेमतोगरी नेपाल टेलिकमको ल्याण्ड लाइन फोनबाट बैदेशिक कललाई बाईपास गर्ने गरेको पाइएको छ ।

अवैध कल बाईपास भइरहेको सूचनाका आधारमा लामो निगरानी र अनुसन्धान पछि रविराज सिंहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख नायब प्रहरी महानिरिक्षक नवराज सिलवालले जानकारी दिए । सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अनलाइन विजनेस गर्ने प्रयोजनका लागि कम्पनी नै खोली कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट गत साउनमा मात्र कम्पनी दर्ता गर्न लगाएका थिए ।

उनले कम्पनीको कार्यालय पानीपोखरी स्थित डेरा लिई इवान टेलिफोन सेवा जडान गर्न लगाई सोही इवान पिआरआई ल्यण्डलाइन बाट अवैध कलवाईपासको उपकरण जोडी अबैध काम गर्दे आाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

सिंहले १२० वटा लाईनमा एकै पटक कलबाईपास गर्न सक्ने बनाई कल वाईपास गरिरहेको खुलेको छ ।  नेपाल टेलिकमले उल्लेखित इवान पिआरआई सेवा व्यक्तिलाई नदिने भएकाले सो सेवा लिने प्रयोजनकै लागि कम्पनी स्थापना गरेको पनि खुल्न आएको छ । सिंहलाई यसअघि नक्कली भारुको कारोबारमा पक्राउ गरिएको थियो ।

अहिले भने उनीविरुद्ध अबैध कल बाईपास अनुसार मुद्धा चलाईने व्यूरो प्रमुख सिलवालले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका सिंहले खोटाचलन मुद्दामा २ वर्ष जेल जीवन व्यतीत गरी सफाई पाएका थिए ।

प्रकाशित मिति: Nov 4, 2016

प्रतिक्रिया दिनुहोस्