Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक बिकासका लागि सहयोग प्रदान

gorkhaबिदेशी भुमीमा रगत र पसिना बगाएर श्रम गरिरहेका नेपालीहरुले आफ्नो ब्याक्तिगत आर्थिक उन्नतीका लागि मात्र होइन आफ्नो देशको सामाजिक बिकासका लागि समेत बेलामौकामा थुप्रै सहयोग प्रदान गरिरहेको केही उदाहरणहरु भेटिने गरेको छ ।

यस्तै सिंगापुर प्रहरिमा कार्यरत नेपाली युवाहरुको टोली ” गोर्खा स्पेसल एक्सन ग्रुप”ले बिरगन्जको एउटा बिद्यालयलाई ५ वटा कम्पुटर हस्तान्तरण गरेर बालबालिकाहरुको गुणस्तरीय शिक्षामा सहयोग गर्ने उदाहरणिय कार्य गरेको छ । गत कार्तिक १३ गतेका दिन विरगंजको छपकैया -२ स्थित श्री ताराचन्द किसानलाल निमावीको प्राङ्गणमा “कम्प्युटर हस्तान्तरण” कार्यक्रमको आयोजना गरी ५ वटा कम्पुटर प्रादान गरिएको छ । गोर्खा स्पेसल एक्सन ग्रुप (सिगापुर)को सहयोग तथा शहरी गरिव शसक्तिकरण समाज (विरगंज) को आयोजनामा आयोगित सो कार्यक्रम मा नेपाली कांग्रेशका सभासद राजेन्द्र बहादुर अमात्यको प्रमुख आतिथ्यता रहेको थियो ।

“हामी हाम्रो लागि मात्र कमाउन चाहँदैनौ , हाम्रो कमाइबाट आफ्नो देशको बिकासमा पनि केही सहयोग गर्न चाहन्छौ” कार्यक्रममा उपस्थित सिगापुर प्रहरिमा कार्यरत शिव बुढामगरले भन्नु भयो ” हामी हाम्रो सहयोग को सदुपयोग भएको हेर्न चाहन्छौ” । बिदेशमा गएर रगत र पसिना बगाउदै कमाएको मासिक तलवबाट केही रकम संकलन गरी त्यहाका नेपालीहरुले कम्प्युटर किनेर बिद्यालयलाई सहयोग गरेको बताउदै बुढामगरले भन्नु भयो ” यो सहयोग सुरुवाती कदम हो , हामीले प्रदान गरेको कम्प्युटरबाट धेरै भन्दा धेरै भाईबहिनिहरुले शिक्षा आर्जन गर्न सके भने हाम्रो सहयोगको सार्थकता देखिने छ र हामीलाई थप सहयोग गर्न उत्प्रेरित गर्ने छ ।

” कम्पुटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी दिपक शाक्यले आफ्नो तर्फबाट कम्पुटर ब्यवस्थापनको लागि ५ ओटा टेबल प्रादन गर्ने घोषणा गर्नु भएको थियो । त्यस्तै प्रमुख अतिथी अमात्यले सो बिद्यालयमा कक्षा कोठाको अभाव भए बमोजिम कम्पुटर शिक्षाका लागि एउटा कक्षा निर्माण गरिदिने प्रतिवद्दता जाहेर गर्नुभयो । हाम्रो फ्रेण्डशिप फोरम नेपालका अध्यक्ष यज्ञराज कार्कीको अगुवाइमा बेदेशी मित्रहरुमार्फत संकलित आर्थिक सहयोगबाट सो कम्प्युटर प्रदान गरिएको हो । कार्यक्रममा कम्पुटर प्रदान गरेर सहयोग गरिदिने ” गोर्खा स्पेसल एक्सन ग्रुप” लाई बिद्यालयले कदर पत्र प्रदान गरेको थियो । साथै कम्प्युटर हस्तान्तरण पस्चात् काठमाडौ बाट बिरगन्ज पुगेका हाम्रो फ्रेण्डशिप फोरम नेपालका समिर शाही, रबी लामीछाने लगाएतको टोलीले कलैया वार्ड नं १ मा अवस्थित ज्ञानज्योती प्रा वि का २० जना छात्रछात्राहरुलाई बिद्यालय पोशाक बितरण समेत गरेकोछ ।

संस्थाका बिभिन्न सदस्य तथा अन्य सहयोगीहरुमार्फत आर्थिक संकलन गरी २० जना जेहेन्दार छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको हो । कलैया नगरपालिकाका कार्यकारी अधिकृत नाथु शाहको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा बिद्यालयले खेपीरहेको कक्षा कोठा अभावको समस्या समाधानका निमित्त फ्रेण्डशिप फोरमको तर्फबाट रु ५००० आर्थिक सहयोग प्रदान गरिएको थियो ।

प्रकाशित मिति: Nov 3, 2016

प्रतिक्रिया दिनुहोस्