Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन बालिकासँग ७० पटक यौनसम्पर्क गर्ने युवती !

rhyl-girl_

एजेन्सी, लन्डन । यूनाइटेड किंगडम (यूके)को वेल्समा युवतीले १३ वर्षीय बालिकासँग यौन शोषण गरेको अभियोगमा पक्राउ परेकी छिन् ।डेली पोस्टको समाचार अनुसार करिव १५ महिनादेखि मासूम बालिकासँग यौनसम्पर्क बनाएको जनाइएको छ । यवतीको उमेर १७ देखि १८ वर्षको रहेको थियो ।

वेल्सस्थित पुलिसले यवतीले बालिकासँग ७० पटकसम्म यौनसम्पर्क गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । पक्राउ परेकी ती युवतीले आफ्नै घरका साथै विभिन्न स्थानमा पटक पटक बालिकासँग यौनसम्पर्क गरेको स्वीकार गरेकी छिन् । सेक्सको शिकार बनाउने बालिका रह्यल ईस्टविल्ले एवेनुएमा बस्दै आएकी छिन् ।

उनको नाम डिलाह पाउलटन रहेको समाचारमा उल्लेख छ । अहिले १९ सालकी डिलाहलाई सेक्सुअल अपराधबारेमा पाँच आरोप लागेका छ । जसमा ओरल सेक्सको आरोप पनि छ ।

समाचारमा ती युवतीले बालिकासँग आपसी सहमतिमा यौनसम्पर्क गरेको पनि दाबी गरिएको छ । उनीहरूले मदिरा सेवन गरेर यौनसम्पर्क गर्ने गरेको र सबै कुरा सहमतिमा भएको जनाइए पनि अदालतले भने त्यसलाई इन्कार गरिदिएको छ ।

प्रकाशित मिति: Oct 23, 2016

प्रतिक्रिया दिनुहोस्