Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ  ‘अन्जानबस’ पाकिस्तानी भूमि पसेको भारतीय जवानको दुःखद कथा 

indian-news-1

महाराष्ट्र ।  उत्तरी महाराष्ट्रको धुले शहरको नजिक चन्दु चौहानको गाँउ बोरिविहिर छ । यो सानो गाँउमा अधिकतम किसान छन् । चन्दुका दाजु पनि भारतीय सेनामा छन् । उनी अहिले गुजरातको जामनगरमा तैनाथ छन् ।  चौहान परिवारका नजिकका मित्र योगेश पाटिकलका अनुसार भारतीय सेनाको कार्यलयबाट भूषणको घरमा फोन आएको थियो, जहाँ चन्दु एक–दुई दिनदेखि वेपत्ता भएको खवर थियो ।

योगश पाटिलले बताएका छन कि, ‘इन्टरनेटमा पाकिस्तानी अखवारको बेवसाइटमा चन्दुको नाम पक्राउ परेको भारतीय सैनिकका रुपमा छापिएको थियो । त्यसपछि पनि चन्दुको घरमा यस्तै खालको फोन आएको थियो । ’ पाटिलले बताएका छन् कि, चन्दु वेपत्ता भएको खवरले उनकी हजुरआमा स्वास्थ्य अबस्था खराव भएको थियो । उनलाई अस्पतालमा भर्ना गरियो । शुक्रवार विहान उनको अस्पतालमै मृत्यु भयो ।

चन्दुको घरको बाहिर शुक्रवार गाउँलेहरु जम्मा भएका थिए । त्यहाँ सन्नाटा छाएको थियो । योगेशले बताएका छन कि, भूषण जामनगरबाट धुलेका लागि हिडिसेका छन् । उनी आएपछि हजुरआमाको अन्तिम दाहसंस्कार गर्ने बताइएको छ । योगेश बताउँछन कि, भूषण, चन्दु र उनकी बहिनी जव सानो थिए, उनका बुबा–आमाको मृत्यु भएको थियो । तीन जना बच्चालाई तिनै हजुरआमाले पालन पोशण गरेकी थिइन ।

indian-news-2

योगेशका अनुसार २३ बर्षका चन्दु बहुतै सतर्क र हेसियार व्यक्ति हुन् । उनी राम्रो मान्छे हुन् । उनी पक्राउ परेको खवरले हामी सवै दुखी छौँ ।भूषण सवैभन्दा जेठा हुन् । उनीपछि एक बहिनी छिन् । र चन्दु सवैभन्दा कान्छा हुन् । गाँउलेहरु उनलाई चन्दु नामबाट चिन्छन् ।योगेश भन्छन्–जव अहमदनगरमा तालीम थियो, म चन्दुलाई भेटन जान्थेँ ।

चन्दु वेपत्ता भएको खवर पाएपछि योगेश र उनका एक साथी केन्द्रीय रक्षा राज्य मन्त्री डाक्टर सुभाष भामरेको कार्यलय गएका थिए, त्यहाँ उनीहरुले मन्त्रीको पिएसँग कुराकानी गरे । तर, अहिलेम्म चन्दुकावारेमा केही नयाँ जानकारी छैन । कही दिन अगाडि सीमा रेखा पार गरेको भन्दै चन्दुलाई पाकिस्तानी सेनाले पक्राउ गरेको समाचार आएको थियो । भारतीय मिडियाले चन्दु अन्जानबस पाकिस्तानी सीमा रेखा पार गरेको दावी गरेका छन् । #बीबीसी हिन्दी

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्