Logo
१५ चैत्र २०८०, बिहीबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले लियो बदलाः पाकिस्तान छिरेर ‘सर्जिकल अपरेशन’

indian-army

काश्मिर, एजेन्सी । उरी हमलाको १० दिनपछि भारत–पाक सीमा क्षेत्रमा पुनः तनाव शुरु भएको छ । भारतीय सेनाले पाकिस्तानमा घुसेर थुप्रै शिविरहरुलाई तहसनहस गरेको भारतीय समाचार एजेन्सीले दाबी गरेको छ ।

भारतीय सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल रणधीर सिंहले एक पत्रकार सम्मलेन गर्दै ‘सर्जिकल अपरेशन’ गरेको बताएका हुन् । जनरल रणधीर सिंहले लाइन अफ कन्ट्रोल (एलओसी) पारी सर्जिकल स्ट्राइकको कारवाही रातभरी चलेको जानकारी दिए । उनले भने, ‘मारिनेहरुको डीएनए स्याम्पल पनि पाकिस्तानमा दिइनेछ ।’

यो कारवाहीमा अहिलेसम्म पाकिस्तानका ३८ ‘आतंकवादी’ को मृत्यु भएको भारतले दाबी गरे पनि पाकिस्तानले भने आतंकवादी नभएर भारतले सैनिक पोष्टमा आक्रमण गरेको र दुईजना सैनिकको मात्र मृत्यु भएको बताएको छ । सिंहको यो बयान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको क्याबिनेट कमिटि अन सिक्योरिटी (सीसीएम) को बैठक पछि आएको हो । मोदीले सर्जिकल हमलाको बारेमा राष्ट्रपति प्रणब मुखर्जी, उपराष्ट्रपति हामिद अंसारी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई सूचित गरेको बताइएको छ ।

सीमा नजिकै आतंककारी जम्मा भएको र उनीहरु भारतको सीमाभित्र घुस्ने तयारीमा रहेको जानकारी पाएपछि आफूहरुले सर्जिकल कारवाही सुरु गरेको रणधीर सिंहले बताएका छन् । उनले भने, ‘हाम्रो उद्देश्य आतंककारीको उद्देश्यलाई विफल बनाउनु थियो ।’ यता पाकिस्तानी सेनाले भारतको दाबीलाई खण्डन गरेको छ । एलओसीमा गोलीबारी मात्र चलेको पाकिस्तानले बताएको छ । भारत सरकारले यो विषयमा कुराकानी गर्नका लागि सबै राजनीतिक दलहरुसँग एउटा बैठक अपरान्ह चार बजेको लागि बोलाएको छ ।

पाकिस्तानी प्रतिक्रियाः
पाकिस्तानी सेनाका अनुसार गोलीबारी रातको साढे दुई बजेदेखि बिहान चार बजेसम्म चलेको थियो । उनीहरुका अनुसार नियन्त्रण रेखामा बिना कुनै उक्साहट भारतको तर्फबाट भिम्बर, हट स्प्रिंग, केल र लिपा सेक्टरमा गोलीबारी भएको थियो । भारतको तर्फबाट कुनै सर्जिकल स्ट्राइक भएको थिएन । यो सीमा पारीबाट गरिएको गोलीबारी थियो जुन पहिले पनि हुने गर्दथ्यो ।

पाकिस्तानी सेनाको तर्फबाट जारी आधिकारीक बयानमा भनिएको छ, ‘यदि पाकिस्तानको जमिनमा कुनै सर्जिकल स्ट्राइक भएमा त्यसको कडा जवाफ दिइनेछ ।’ पाकिस्तानी च्यानल पीटीवीका अनुसार प्रधानमन्त्री नवाज सरिफले ‘भारतको खुल्ला अत्याचार’ को कडा भर्त्सना गरी ‘मारिएका सैनिकहरुलाई श्रद्धाञ्जली दिएका छन् ।’

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्