Logo
१९ मंसिर २०७९, सोमबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको भारी छुटः निःशुल्क भ्वाइस र डाटा !

ntc-building

काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ्वाइस तथा एसएमएस सेवा प्रदान गर्ने भएको हो ।  आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एकसय एमबीको डाटा ५० रुपियाँ र २ सय ५० एमबीको डाटा एकसयमा उपलब्ध गराउने छ ।

जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ ।  एक सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

भ्वाइस कलमा छुट
कम्पनीले जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराएको छ ।

नाइट डाटा अफर

टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराउने भएको छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने छ ।

एसएमएस अफर
जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

स्थानीय टेलिफोनमा थप सय कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा पीएसटीएन, सडिएिमएमा २ रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रुपैयाँमा थप एकसय लोकल कल उपलब्त्र गराउने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा एकसय कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

एडीएसएल, वाइम्याक्स, एटीटीएच सेवामा भ्यालिडिटी थप
यी सेवाका ग्राहकलाई समय थप गरिने पनि कम्पनीले जनाएको छ । एडीएसएल र वाइम्याक्स ग्राहकको हकमा डाटा भोलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने भएको छ ।

सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने भएको छ । जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपोस सिस्टमबाट एक सय तथा त्योभन्दा वढी माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्