Logo
२६ बैशाख २०८१, बुधबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से निरन्तर ओरालो, चार अंकले घटेपछि ७५ करोडको मात्र कारोवार

nepseकाठमाडौं, असोज १२ । आज बुुधबार पनि नेप्से चार दसमलव ६२ अंंकले घटेर १७ सय ४९ दसमलव १० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ९७  अंकले घटेर तीन सय ७९ दसमलव २६ अंकमा कायम रहेको छ ।

एक सय ३६ कम्पनीहरुको चार हजार दुुई सय ७० वटा कारोवारमा ११ लाख १० हजार तीन सय ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा ७५ करोड ३४ लाख १५ हजार पाँच सय ५४ रुपैयाँको सेयर कारोवार भएको छ ।

आज कुल आठ वटा समुहको कारोवार भएकोमा दुुर्ई वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । उत्पादनमुुलक समुहको सुचक ११ दसमलव दुुई अंकले बढेर २३ सय २३ दसमलव ४५ अंकमा कायम रहेकोमा  सात लाख नौ हजार आठ सय २० रुपैयाँको कारोवार भएको छ ।

अन्य समुहको सुचक पनि शुन्य दसमलव ५८ अंकले बढेर सात सय ७२ दसमलव ७८ अंकमा कायम रहेकोमा ६० लाख चार हजार दुुई सय ८० रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक आज दमसलव दुुई दसमलव ७१ अंकले घटेर १६ सय ५९ दसमलव ८६ अंकमा कायम रहेकोमा ३४ करोड १७ लाख ३५ हजार रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचक १४ दसमलव ७८  अंकले घटेर २२ सय ३५ दसमलव १९ अंकमा कायम रहेकोमा ४० लाख ९४ हजार नौ सय ५० रुपैयाँको कारोवार भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव तीन अंकले घटेर १८ सय २३ दसमलव नौं अंकमा कायम रहेकोमा नौ करोड २२ लाख ७४ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि एक दसमलव ५७ अंकले घटेर २३ सय ५३ दसमलव ३२ अंकमा कायम रहेकोमा दुुई करोड ९५  लाख ३६ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ । बीमा समुहको सुचक ७८ दसमलव ३१ अंकले घटेर ८७ सय २१ दसमलव २९ अंकमा कायम रहेकोमा २२ करोड चार लाख ४५ हजार रुपैयाँको कारोवार भएको छ भने फाईनान्स समुुहको सुचक सामान्य अंकले घटेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको बैक अफ  काठमाडौ लुम्बिनीको सेयर मुल्य नौ रुपैयाँ ९१ पैसाले बढेर पाँच सय सात रुपैयाँमा कारोवार भएको छ । गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानम परेको जेविल्स फाईनान्सको सेयर मुल्य सात रुपैयाँ ५४ पैसाले घटेर दुुई सय ९४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको  ३३ सय ३६ रुपैयाँ अन्तिम मुल्यमा ११ करोड ९३ लाख ३७ हजार एक सय ३७ रुपैयाँको कारोवार भएको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
बैक अफ काठमाडौ लुम्बिनी ५०७ ९.९१
ज्योति बिकास बैक २०२ ९.७८
मनास्लुु बिकास बैक ५०० ७.९९
न्यादी ग्रुुप पावर लिमिटेड ४४०  ७.३२
जनउत्थान सामुदायिक लघुबित्त १७१२ ६.०१

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
जेविल्स फाईनान्स २९४ ७.५४
प्रोग्रेसिभ फाईनान्स २४६  ७.१६
बोर्टलस नेपाल तराई ४८३१ ५.७५
राप्तीभेरी बिकास बैक ५१० ५.५५
समिट माईक्रो फाईनान्स २८५० ५.४७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
 नेशनल लाईफ इन्स्योरेन्स ११९३३७१३७ ३३३६
नेपाल बंगलादेश बैक ८२६११९२४ ११६०
सानिमा बैक ५००७८३६४ ७५७
सिद्धार्थ बैक ३६१४२६५३ १२९०
शिखर इन्स्योरेन्स कम्पनी ३३४०२७०० ३५४०

 

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्