Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाकार राईको उपचार सहयोगको लागि सांगीतिक कार्यक्रम

captureकाठमाडौँ । कलेजो रोगबाट पीडित कलाकार मनोज राईको उपचारको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक लोकतान्त्रिक कलाकार समाजले मंगलबार संवाद डबलीमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तात गरेका थिए ।

आर्थिक अभावका कारण कलाकार राईको उपचार गर्न नसकेका कलाकार राईलाई सहयोग जुटाउने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएका आयोजक कलाकार समाजका अध्यक्ष गोरख राईले बताए ।

समाजिक लोकतान्त्रिक पार्टी निकट कलाकार समाजले आयोजना गरेको कार्यक्रममा कालाकार देमिन राई, ज्ञानु गुरुङ, संगिता मेखा राई, मेनुका राई, सुनिता राईलगायत कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जुटेको सहयोग हस्तान्त्रण गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले स्वास्थ्य अधिकार जन्मसिद्ध अधिकार भएपनि नेपालमा राज्य गैरजिम्मेवार भएका कारण नागरिकले आकालमै ज्यान गुमाउनु परेको बताए ।

उनले कलाकार राईको जीवन रक्षाको लागि गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।

कार्यक्रमा उठेको १३ हजार रुपैयाँ पीडित कालाकार राईलाई हस्तान्त्रण गरिएको थियो ।

सहयोग रकम बुझ्दै पीडित कलाकार राईले आफूलाई अप्ठ्यारो पर्दा सबै कलाकार जुटेकोले खुशी लागेको भन्दै रोगलाई जित्ने मनोवल बढेको बताए ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्