Logo
६ बैशाख २०८१, बिहीबार
(September 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नेपाल त त्यतिखेरै बनेको हो जुन बेला पृथ्वीनाराण शाहले नेपाल एकिकरण गरे

1अविश अधिकारी
नेपालमा झण्डै ८० राजनितिक पार्टीहरु अक्तित्वमा छन उनिहरुका भिन्न भिन्न सिद्दान्त छन । कुनै देश नै फुटाउने सिद्दान्त बोकेका छन त कोही देश जोड्ने सिद्दान्त लिएर अगाडि बडिरहेका छन । कार्यकर्ता हामी नेपाली नै हौ हामी नेपाली नै देशलाई तहस नहस बनाउन ति पार्टीको वरीपरी घुमीरहेका छौ । माओवादी जनयुद्द होस या २०६२/६३ सालको जनआन्दोलन होस जनतालाई आन्दोलनमा ल्याउने अनि जनतालाई लडाउने काम पनि यीनै पार्टीले गरे । जनता पेन्डुलम जस्तै कैले सडकमा उत्रिय त कैले रेडियो टि भी हेदै संसद भवनको रमिते गाइजात्रा हेदैमा ब्यस्थ भए । एक पल्ट ठण्डा दिमाग लगाएर सोचौ त राजनितिक पार्टीले त्यो आन्दोलनको निहुमा धेरै परिवर्तनको आशा र भरोषा गरेका बाचाहरु ।
के पुरा गरे राजनितिक पार्टीले जनताको आवाज ? महङ्गी हट्यो ? कि बलत्कारी लाई फासी दिने कानुन बनाए ? खुब कुकुर भूक्दा झै भुक्थे त चुनावमा भोट माग्न आउदा यस्तो गर्छम र उस्तो गर्छम भन्दै गरे के कुनै एक उपलब्धी हेरौ न के गरे राजनितिक दलले ? कालोबजारी रोक्छौ भन्य झन कालोबजारीलाई त कारबाही नै खुकुलो पारे  हेन त ? लोडसेडिङ्ग दश वर्षमा निमुल पारी भारतलाई विधुत बेच्छौ भन्ने सपना देखाएको पनि ११ वर्ष भएछ खै लोडसेडीङ्ग अन्त्य गरे त ? भ्रष्टचार न्यूनिकरण गर्छम भन्दै हिडे गरे त भ्रष्टचार न्यूनिकरण ? विश्वको एक मात्र हिन्दु अधिराज्य थियो त्यो पानी मासे, छिमेकीले पटक पटक कुटनितिक प्राहार गरेका छन खै प्रतिकार गरेको ? नेपाल दुई ढुङ्गा बिचको तरुल हो छिमेकी दुइ देश छन एकलाई काखा अर्कोलाई पाखा लागाउन मिल्छ ? समानान्तर सम्बन्ध रहेको निति यीनै नेताले टुटाए आखिर गरे के उपलब्धी ?

मेरो दिवा सपना हैट सम्झदा पनि काहली लाग्छ आन्दोलन भयो गणतन्त्र आउछ हो गणतन्त्र आयो देश मजबुद हुन्छ सोझा जनताले राहत पाउछन शान्ति आउछन, देशमा भ्रष्टचार निमुल हुन्छ, बलत्कारीलाई फासी हुन्छ, महङ्गी घट्छ, शुशासन हुन्छ, आर्थिक बृद्दी हुन्छ देश धनी हुन्छ, बाटो नगएको ठाउमा सरकारले बाटो लैजान्छ अव नयाँ नेपाल नै बन्छ भन्ने सोचे तर त्यो हामी जनताको सपना सपनामै सिमीत रह्यो । नयाँ नेपाल नयाँ नेपाल भन्ने गर्थे साच्चीकै नयाँ नेपाल बन्ने भयो भन्ने सोच्यौ त्यो सोचाईमा नै रह्यो ।

मलाई याद छ पल्लो डाँडाँमा एक जना दाई मर्दा हामी वल्लो डाँडाँमा थियौ सबैले जिब्रो काट्थे विचरा भन्थ्यौ अहिले हेरौत एकै पटक २० जना मर्दा पनि हामीलाई केही जस्तौ लाग्दैन मानवियता हराएकै हो त नेपालीमा ? एक धर्मले अर्को धर्मलाई सम्मान गर्ने थियौ, एक जातिले अर्को जातिलाई आदार गर्ने थियौ । धार्मीक सहिष्णुता थियो के अहिले पहिलेको अवस्था सग तुलना गर्न सक्छौ । हामी कति उल्लु छौ पार्टीको झण्डा बोक्छौ देश र जनताको लाई कति हित हुने खालका एजेण्डा छन त्यो अलिकति पनि हेक्का राख्दैनौ राम्रो काम होस या नराम्रो काम होस पार्टीकै एजेण्डालाई बोक्छौ अनि नेपाल टुक्रा हुने नारा लगाउछौ कहिले पनि सोचेनौ देशको बारेमा देश झन झन नाजुक अवस्थामा पुगेको छ खै गम्भीर भएको ?

जो बलत्कारी छ जो भ्रष्टचारी छ जो देश द्रोही छ त्यो संरक्षणको लागि पार्टीको क्रियाशिल सदस्य भएर हिडेको देख्दा साच्चीकै देशको हैन कार्यकर्ताको संरक्षणको लागि पार्टीहरु खोलेको अनुभूति हुन्छ मलाई कुरा बुझ्ने कस्ले ? नयाँ नेपाल नयाँ नेपाल भन्दै हिडे नेता ज्यूहरु साचीकै अहिले त देश टुक्रा पारी नयाँ नेपाल बनाउन खोजेका हुन की भन्ने भान हुदैछ मलाई ।

नयाँ नेपाल त त्यो बेला निमार्ण भयो जुन बेला पृथ्वीनाराण शाहले टुक्रा टुक्रा राज्य एकिकरण गरी सिंगो राष्ट्र निमार्ण गरे र खण्ड खण्डलाई जोडी विशाल नेपाल निमार्ण गरे त्यो हो नयाँ नेपाल मैले यसरीनै बुझेको छु ।

यहाँ त अहिले दक्षिणको तराई र उत्तरको सगरमाथा अनि केही नेपाली भू–भाग छिमेकीलाई दिएर नयाँ नेपाल निमार्ण गरिदै छ जस्तो लाग्छ यदि यस्तो हो भने खबरदार कुनै पनि नेताले माफी पाउने छैन नेपाल आमाको आशूले एक दिन अवस्य पोल्ने छ ।
जहाँ धर्म संस्कारमा राजनिति हुन्छ त्यो दिशमा विकास त के विनास चाही हुन्छ । नेपालमा धेरै धर्म सस्कृति र भेषभूषाले भरीपुर्ण भएको देश हो यो फुलबारीमा धेरै जातजाति लिङ्ग र वर्णहरुले सजीएको छ नेपालमा धर्म सस्कृति र परम्परा एव रितिरिवाज अन्य देश भन्दा फरक पृथक र रोचक थियो तर अहिले त्यही रोचक र पृथक सस्कारलाई मासिदै छ । यो हामी नेपालीलाई नै घाटा हो । बुझ्नै कस्ले ? फुटेर हैन जुटेर अगाडी बड्नु छ हामी नेपाली हौ विर गोर्खालीका सन्तान हौ बैरी सग डटेर लड्नु छ ।

प्रकाशित मिति: Sep 26, 2016

प्रतिक्रिया दिनुहोस्