Logo
२० असार २०८२, शुक्रबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आख्यानकार गगनसिंह थापा सम्मानित

gaganटीकापुर, कैलाली । टीकापुर प्राज्ञिक समाजद्वारा आख्यानकार गगनसिंह थापालाई एक कार्यक्रमबीच नर–राजु मोबरा प्राज्ञिक पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
समाजले थापालाई १० हजार १ रूपैयाँ राशिको उक्त पुरस्कारसहित अभिनन्दन पत्रद्वारा सम्मानित गरेको हो ।
आख्यानकार थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठ्ठी र सोह् सौगात कृति प्रकाशित छन् भने अन्य फुटकर रचना विभिन्न पत्र पत्रिकामा प्रकिाशित छन् ।
सम्मान कार्यक्रम समाजका अध्यक्ष थीरप्रसाद उपाध्यायको सभापतित्वमा भएको हो र उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व साँसद गङ्गाबहादुर कुँवर, टीकापुर नगरपालिकाका पूर्व मेयर पदम बहादुर रावल, टीकापुर नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा, होटल व्यवसायी संघका केन्द्रीय सचिव बीरमञ्जन बटाला, एमाले कैलालीका सदस्य श्याम खत्री, नेपाली काँग्रेसका टीकापुर सभापति धनराज उपाध्याय, बीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारी, समाजसेवी तपेन्द्र रावल, नवराज शाही, कण्ठराज गिरी, नारायण तिमिल्सिना, नेत्र रावल, ताराप्रसाद जोशीलगायतले थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए भने सञ्चालन फणेन्द्र रेग्मीले गरेका थिए ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्