Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेसासको विशिष्ट स्रष्टा सम्मान समर्पण तथा कृति विमोचन

inls1माधव अधिकारी, काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सोमबार अनेसास विशिष्ट स्रष्टा सम्मान समर्पण तथा कृति विमोचन कार्यक्रम आयोजना ग¥यो ।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले डा. उषा ठाकुर,  उषा शेरचन, कुन्ता शर्मा, तोया गुरुङ, पद्मावती सिंह ,भद्राकुमारी घले र भागिरथी श्रेष्ठलाई अनेसास विशिष्ट समान र अनेसास डायसपोरा सम्मानबाट प्रभा आचार्यलाई सम्मान गरे ।

उनले अनेसास रजत जयन्ती स्मारिका, अनेसास प्रथम अन्तर्रा्ष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन स्मारिका, शारदा सुवेदीको भोको पेट ( कविता सङ्ग्रह ) र राधेश्याम लेकालीको बहिस्करण ( कविता सङ्ग्रह ) पनि विमोचन गरेका थिए ।

अनेसास केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कुलपति उप्रेती, डा. सुरेन्द्र के. सी.,  साहित्यकारहरु माया ठकुरी, डा. खगेन्द्र प्रसाद लुइटेल, डा. उषा ठाकुर, लीला लुइटेल, राधेश्याम लेकाली, सन्ध्या पहाडी, गीता कार्की, बाबा बस्नेत, शारदा सुवेदी लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति: Sep 20, 2016

प्रतिक्रिया दिनुहोस्