Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकन सरकारबाट बिशेष तालिम लिंदै एसएसपी खनाल

sarbendra-khanalन्यूयोर्क । नेपाल प्रहरीमा आफ्नो बिषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्च स्तरिय तालिमका लागि छनौट भएका छन् ।

आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरिय एड्भान्स सेक्युरिटी कोअपे्रसन कोर्ष नामक तालिममा भाग लिने भएका हुन् ।

अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरिय तालिममा संसारका बिभिन्न देशका उच्च स्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । हाल महानगरिय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखिनै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन् ।

काठमाण्डौ, जनकपुर जस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरिय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन् ।

खनाल अपाराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सींग, गुण्डाहरुको बिषेश अप्र्रेशन जस्ता कार्यले जनता माझ उनको लोकप्रियता झनै चुलिएको छ ।

प्रकाशित मिति: Sep 18, 2016

प्रतिक्रिया दिनुहोस्